स्थानीय सरकारमाथि ‘दियोपोस्ट निगरानी’ : सिन्धुलीको दुधौली नगरपालिकामा बेरुजुको चाङ !

Guest
ईश्वर विश्वकर्मा

सिन्धुली । दुधौली नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९को लेखापरिक्षमा ७ करोड १७ लाख १० हजार बेरुजु भेटिएको छ । यसमा ३ करोड ७१ लाख २९ हजार फर्र्छौट भएको छ भने बाँको अझै फर्छ्यौट भएको छैन ।

संघीय र प्रदेश सरकारले अनुदान स्वरुप ५६ करोड ८१ लाख ७३ हजार २ सय ९० दिइएको थियो । त्यसमध्य पालिकाले ५२ करोड ९७ लाख ४२ हजार ७ सय ४६ मात्र खर्च गरेको छ । पालिकाले खर्च गर्न नसकेको रकम ३ करोड ८४ लाख ३० हजार ५ सय ४४ संघीय र प्रदेश सरकारको खातामा पठाइ सकेको छ । संघीय एवं प्रदेश सरकारको कानून एवं कार्यविधि बमोजिम पालिकाले खर्च गर्न नसकेको रकम २०७९ भदौ २८ गते सम्बन्धित संचितकोषमा नै फिर्ता गरेको हो ।

पालिकाले विपद व्यवस्थापनको लागि तारजाली, ह्युमपाइप, सिचाई तथा खानेपानी पाईप खरिदको लागि २ करोड अबण्डमा राखेको थियो । उक्त रकम नगरप्रमुखको निर्णयमा विभिन्न योजनामा खर्च भईसकेको छ । तर पालिकाको यो वर्षको आर्थिक पाटोलाई हेर्ने हो भने प्रमाणपेस गर्नुपर्ने खर्च नै ३१ लाख ११ हजार रुपैयाँ रहेको छ ।

पालिकाले विकासमा भन्दा कार्यक्रममा धेरै खर्च गरेको भिटिएको छ । पारिश्रमिक, भ्रमण भत्ता, प्रशिक्षक भत्तामा अझ बढीखर्च भएको छ भने सामाजिक सुरक्षा भत्ता १५ लाख ४७ हजार ४ सय ३ सहित १८ लाख २० हजार ७ सय ७८ रुपैया खर्च भएको भेटिएको हो । उल्लेखति रकममा लेखापरीक्षणबाट बेरुजु औल्याएपछि पालिकाले ९६ लाख ५५ हजार बेरुजु खातामा दाखिला गरेको छ ।

यसवर्ष सामाजिक सुरक्षा तथा संरक्षणकोलागि २२ करोड ३२ लाख ६४ हजार ३ सय ७५, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममा ६ करोड ५३ लाख २२ हजार, स्थानीय तह प्रशासकिय भवनका लागि ५ करोड र कोभिडका नाममा १ करोड १४ लाख ६५ हजार खर्च भएको देखिन आएको छ ।

उपचार खर्च लगायत अन्य प्रयोजनको लागि यो वर्ष १०८ व्यक्तिलाई १४ लाख ८० हजार आर्थिक सहायता वितरण गरेको छ । शिक्षा तर्फ भने स्थानीय तहले कुनै अनुदान दिइएको देखिएको छैन् । तर कर्मचारी कल्याण कोषमा भने २० लाख राखेको छ । यो कल्याणकोष संचालन सम्बन्धी पालिकाबाट कुनै ऐन कानूनको व्यवस्था नगरि राखिएको हो ।
विश्लेषण खर्चका नाममा पालिकाले यसवर्ष कुल आन्तरीक आयबाट ४ करोड ८८ लाख २७ हजार र राजस्व बाँडफाँड र अनुदानबाट गतवर्षको मौज्दात समेतगरी १ अर्ब ३५ करोड ७९ लाख ७९ हजार गरि जम्मा १ अर्ब ४० करोड ६८ लाख २४ हजार आम्दानी भएको छ ।

यसवर्ष आम्दानी भएकोमा चालु तर्फ ८४ कारोड ५२ लाख ८८ हजार र पुँजिगत तर्फ ४५ करोड ३० लाख ८३ हजार र अन्य खर्च तर्फ रु १ करोड १७ लाख ६५ हजार समेत रु १ अर्ब ३१ करोड १ लाख ३६ हजार खर्च भएको छ । खर्च मध्ये आन्तरिक आयको हिस्सा ३.७३ प्रतिशत रहेको छ । यस वर्ष पदाधिकारी सुविधामा २ करोड २७ लाख ६९ हजार खर्च भएको छ । जुन आन्तरिक आयको ४६.६३ प्रतिशत रहेको हो । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६४.५२ प्रतिशत चालु र ३४.५८ प्रतिशतमात्र पुँजिगत निर्माणमा खर्च भइको देखिन्छ ।

निर्माण प्रयोजनमा न्युन खर्च र प्रशासनिक प्रयोजनमा बढि खर्च भएको देखिएको छ । सूचना प्रविधिमा भने सफ्टवेयर म्यानुअलमा तोकिए अनुसार सेक्युरिटी प्रोटोकल र सुरक्षा विधी लागु नगरेको अभिलेख छैन् । निर्माण कार्यकोलागि सार्वजनिक निकायलाई अभिलेख बुझाउने व्यवस्था नभएको हुँदा महालेखा परिक्षकले सुधारात्मक योजना ल्याउन निर्देशन पनि दिएको छ । यो पनि उल्लेख गरिएको छकी, पालिकाले निर्माणका काममा वा मर्मत सम्भार एवं संरक्षणमा कुनै चासो नदिइएको पाईएको छ ।

भेडा च्याङग्रा प्रवद्र्धन, विरुवा रोपण र निशुल्क वितरण हुने औषधिको प्राप्ति वितरण र विवरणमा खरिदको व्यवस्थापन राम्रो नदेखिएको पाईएको छ । यसमा सार्वजनिक खरिद नियमावली २०६४ को ८५ (१क)लाई व्यवास्था गरेको पाईएको छ ।

पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममो नाममा यस वर्ष २४ वटा योजना संचालन गरेको छ । यो सञ्चालनमा पारिश्रमिक बापत रु १ करोड ६८लाख १२ हजार ६ सय २६ खर्च देखिन्छ । लक्षित वर्गलाई २४ दिन देखि १०० दिनसम्म रोजगारी उपलब्ध गराएको भनेपनि प्रगति शून्यमा छ । श्रमिकज्याला, प्रशासनिक खर्च र कार्यक्रम खर्च समेत १८ करोड १२ लाख ४ हजार ९६ खर्च भेटिएपनि दिर्घकालीन योजना भने नभेटिएको पाईएको छ ।

डिप बोरिङ निर्माण अन्तर्गत तल्लो भलुवाही तोत्रा टोल दुधौली न.पा.२ मा निर्मित बोरिङको वेल डेभरलप गर्ने कार्यको कुल लागत अनुमान ८ लाख ५ हजार ४ सय ६७.६८ देखिएपनि कार्यलयले ७ लाख भुक्तानी गरेको थियो । तर भूक्तानी गरेको रकमको पनि आजसम्म कुनै लेखाजोखा भएको पाइएको छैन् ।

सम्बन्धित खबर