राष्ट्रिय सभामा शेखर पक्षले माग्यो चार सिट

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभामा कांग्रेसले पाएका १० सिटमध्ये चार सिट आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ।

सभापति शेरबहादुर देउवासँगको छलफलमा भागबन्डा नमिलेपछि समूहको छुट्टै छलफल गरी इतर पक्षले ४ सदस्य मागेको र सोही बटम लाइन भएको सहमहामन्त्री बद्री पाण्डेले बताए।

संस्थापनले आफू निकटका नेतालाई धेरै मिल्ने गरी गठबन्धनमा क्लस्टर छुट्याएको आरोप पनि शेखर पक्षले लगाएको छ।