काठमाडौं । आजभन्दा ७ वर्ष अघि शान्ति रिमाल (नाम परिवर्तन)को धादिङ गल्छीका राजकुमार ज्ञामी मगरसँग भेट भयो । शान्ति २ सन्तानकी आमा हुन् । उनले परिवार र सन्तानका लागि जग्गा कारोबारको काम गर्थिन् र त्यही क्रममा भेट भएको हो राजकुमारसँग । राजकुमारले मिलेरसँगै काम गर्न शान्तिलाई प्रस्ताव गरे । उनले पनि उनको प्रस्तावलाई स्वीकार गरिन् । चिनजाँन पछि उनीबिच सम्बन्ध बाक्लिदै गयो । उनीहरुबीच प्रेम भयो ।
प्रेम सम्बन्धमा बसेको केही दिनमै राजकुमारले शान्तिलाई विवाह गर्न दवाव दिन थाले । ‘तिम्रा सन्तान मेरा भए । अब ती सन्तानको अभिभावक पनि मै हुँ,’ राजकुमारले यसो भनेपछि शान्तिमा पनि मायामा अंकुरायो ।
यता शान्तिले भने राजकुमारको पृष्ठभूमी बुझ्न चाहान्थिन् तर राजकुमारले भने त्यो हुन दिएनन । शान्तिका अनुसार उनले विवाहका दवाव दिदै कहिले हात काट्थे भने कहिले रक्सी खाएर मोटरसाइकल दुर्घटनामा पार्थे ।
शान्तिले सोचिन् मेरा लागि यो मान्छे मरिहत्ते गरिरहेको छ । तर पछि वास्तविकता बुझ्दा त्यस्तो थिएन । त्यसपछि उता श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् र २०७४ भदौमा उनले पशुपति मन्दिरमा गएर राजकुमारसँग विवाह गरिन् ।
विवाहको केही वर्षपछि शान्तिलाई आफू गर्भवति भएको शंका लाग्यो । “हामीले कलंकीको एक होटलमा उसको दबावमा नै शारीरिक सम्बन्ध राख्यौँ । त्यसको २ हप्तामै मलाई थाहा भयो म गर्भवति भएँ कि भनेर,” उनले भनिन्,“हामी दुवैजना पाटन हस्पिटल चेकअपका लागि गयौं । गर्भवतिको भएको रिपोर्ट देखाउदै त्यहाँका डाक्टरले बच्चा जन्माउन सल्लाह दिए । तर उसले (राजकुमार)ले यो कुरा मान्न तयार भएन । मैले उसकै दाबवमा थापाथलिको प्रसुति गृहमा गएर ७ हप्ताको बच्चा फाल्नु पर्यो ।”
शान्तिका अनुसार २०७७ साल उनले राजकुमारकै दाबावमा गर्भपतन गरिन् ।
२८ अर्बमा याक एण्ड यति होटल बिक्री गर्ने भन्दै नक्कली कागज बनाएर लाखौँ ठगी गर्ने यी ‘राजकुमार’ !
सामाजिक सञ्जालबाट थाहा पाइन् राजकुमारको वास्तविकता
विवाहपछि सामाजिक सञ्जाल टिकटकमा शान्तिले राजकुमारसँगका केही रमाइला भिडियो सार्वजनिक गरिरहन्थिन् । एकदिन राजकुमारको नजिकैको मान्छेले उनको र राजकुमारको भिडियोको विषयमा म्यासेज गरे । “तपाईं यो मान्छेसँग फस्नु भयो , यो मान्छे अलि फ्रड छ । धेरै जनाको पैसा ठगी गर्दै आएको छ ।”
ती व्यक्ति राजकुमारका नजिकका मान्छे थिए । उनीबाट नै राजकुमारको घर अर्थात् धादिङमा श्रीमती छोरा–छारी भएको शान्तिलाई थाहा भयो । शान्ति भन्छिन्, “मलाई यो कुरा थाहा भएपछि मात्रै झस्किएँ । म एकदमै गलत बाटो गइसकेकी रहेछु भन्ने लाग्यो ।” त्यसपछि उनले राजकुमारसँग उक्त विषयमा कुरा गर्दा तैले अरुका कुरा किन सुनिस् मैले विवाह नै गरेको छैन भनेर झुटमाथि झुट बोल्दै आएको उनी बताउँछिन् ।
योबीचमा शान्तिले पटक–पटक घर जाँउ भनेर राजकुमारलाई अनुरोध गरिन् । तर उनले शान्तिको प्रस्तावलाई विभिन्न बाहानाबाजी बनाएर टार्दै आएको उनी सुनाउछिन् । तैले छोडेपछि म आत्महत्या गर्छु भन्दै राजकुमारले उनलाई बल्याकमेल गर्दै आए । राजकुमारले उलाई विभिन्न टचर, दबाव दिदै आएको उनको आरोप छ ।
पछि विस्तारै शान्तिले राजकुमारको तथ्य थाहा पाउँदै गइन् । राजकुमारको घर अर्थात् धादिङको गल्छी ८ गोगनपानीमा श्रीमतीसँगै छोरा छोरी छन् भएको र यहाँ पनि शान्ति बाहेक अन्य २ जना महिलासँग उनको सम्बन्ध रहेको उनको भनाई छ । “मैले नै खोजिदिएको कोठा थियो सबै सामान मैले किन्दिएर राखेकी थिए । पछि मसँग सम्पर्क हुनु छोडेपछि अर्के घर बस्ने रहेछ । उ बस्ने घर पत्ता लगाएर जाँदा उसको कोठामा मैले एकजना केटी भेटे,” उनले भनिन् । मलाई अहिले पनि एकदमै मानसिक यातना दिँदै आएको छ । बारम्बार फोन गरेर मार्नेसम्मको धम्की दिन थालेको छ ।”
शान्तिका अनुसार अहिले उनको ३० लाख रकम राजकुमारले लिएर भागेका छन् ।
“उसको काम, धन्दा नै अलिकति पैसा भएकी केटीसँग मैले विहे गरेको छैन भन्दै विवाह गर्ने अनि आफ्नो स्वार्थ पूरा भएपछि पैसा खाएर भाग्ने,” उनी बताउँछिन् ।
थप यो भिडियोबाट…
होटल याक एण्ड यतिको नाममा लाखौं ठगी
उनै राजकुमार ज्ञामी मगरले होटल याक एण्ड यतिको नाममा विभिन्न व्यक्तिहरुबाट लाखौं रकम ठगी गरेको खुलेको छ । उनले उक्त होटल खरिद बिक्रि हुन लागेको भन्दै नक्कली कागजात बनाएर ठग्दै आएका छन् । जुन होटल बिक्रि हुन लागेकै होइन । आफूले यति ठूलो खरिद बिक्री हुन लागेकाले आफू नै उक्त होटलमा बस्नु पर्ने भएकाले रकम आवश्यक भएको भन्दै विभिन्न व्यक्तिबाट २० लाख भन्दा बढी रकम ठगी गरेका हुन् ।
राजकुमारले होटलको खरिद बित्री हुँदै छ भन्दै नक्कली कागजात बनाउने र रकम माग्ने गर्दथे । उनले यम आले मगरबाट ५ लाख, सिता मगर ७ लाख, गणेश थापा मगर ७ लाख २५ हजार ५ सय र सावित्री अधिकारीबाट ९० हाजार गरि उनले जम्मा २० लाख १५ हजार ५ सय रकम ठगी गरेर भागेका छन् । यो बाहेक उनले शान्तिसँग विवाह गरेर उनीबाट ३० लाख गठी गरेको ती महिलाले बताएकी छन् ।