२८ अर्बमा याक एण्ड यति होटल बिक्री गर्ने भन्दै नक्कली कागज बनाएर लाखौँ ठगी गर्ने यी ‘राजकुमार’ !

Guest
खुमा वली

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यति विक्री गर्ने भन्दै एक व्यक्तिले विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गरेका छन् । धादिङका राजकुमार ज्ञामी मगरले होटल याक एण्ड यति जग्गासहितको संरचना विक्रीको कागज तयार पारेर ठगी गरेको खुलेको छ । आफूले यति ठूलो खरिद बिक्री हुन लागेकाले आफू नै उक्त होटलमा बस्नु पर्ने भएकाले रकम आवश्यक भएको भन्दै विभिन्न व्यक्तिबाट २० लाख भन्दा बढी रकम ठगी गरेका हुन् ।

राजकुमारले होटलको खरिद बिक्री हुँदै छ भन्दै नक्कली कागजात बनाउने र रकम माग्ने गर्दथे । अहिले उनी सम्र्कविहीन छन् । उनले यम आले मगरबाट ५ लाख, सिता मगर ७ लाख, गणेश थापा मगर ७ लाख २५ हजार ५ सय र सावित्री अधिकारीबाट ९० हाजार गरि उनले जम्मा २० लाख १५ हजार ५ सय  रुपैयाँ रकम ठगी गरेर भागेका छन् ।

उनले बहुराष्ट्रिय कम्पनि मेरिओट होटलका मालिक तथा पूर्व सीइओ बिल म्यारिओट र जे विलार्ड मेरिओटको विकिफिडिया मार्फत प्रोफाइल नै प्रिन्ट गरि वितरण गरेका थिए । ठगीएका पीडितहरुले दियोपोस्टलाई उक्त प्रोफाइल र उनले बनाएको सम्झौता कागज उपलब्ध गराएका छन् ।

उक्त कागजात अनुसार उनीहरुबीच यो होटल २८ अर्बमा किने बेच गर्ने सहमति भएको झूटो विवरण उल्लेख छ । खरिदकर्ताले राष्ट्र बैंकको नियानुसार १५ अर्ब दिन तयार तयार भएको समेत एउटा कागजको चिर्कटोमा उल्लेख छ ।

याक एण्ड यति होटलको नाममा ठगी गर्ने ‘राजकुमार’को अर्को कर्तुत : विहे गर्छु भन्दै महिलाको बिचल्ली !

राजकुमारले आफू विवाहित भएपछि अविवाहित रहेको भन्दै आधा दर्जन महिलाबाट लाखौँ ठगी मात्रै गरेका छैनन् । ती महिला विवाहको प्रलोभनमा पारेर अवैध यौन सम्बन्ध समेत राखेको खुलेको छ ।

धादिङ्गको गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानी घर भएका उनी विरुद्ध ती महिलाहरुले गाउँपालिकाकै न्यायीक समितिमा उजुरी दिएका छन् । तर, उजुरीमाथि हालसम्म सुनुवाई भएको छैन । उनले स्थानिय युवतीसँग विवाह गरेपनि यता काठमाडौंमा भने आफू अविवाहित भएको भन्दै विभिन्न महिलालाई विवाहको प्रस्ताव गर्ने गरेका थिए ।

ठगी अाराेपी राजकुमार ग्यामी मगर

एक महिलासँग ३० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको खुलेको छ । ती महिलाले धादिङमा श्रीमती र छोराछोरी भएको थाहा पाएपछि आफ्नो रकम फिर्ता मागेकी थिइन् । तर उनले उल्टै मान्छे लगाएर ज्यान मार्नै धम्की दिएपछि उनी दियोपोष्टको सम्पर्कमा आएकी छन् ।

दियोपोस्टले राजकुमारसँग सम्पर्क गरि याक एण्ड यति होटलको जग्गा विक्री गर्छु भनेर ठगी गर्नु भएको हो भनि प्रश्न गर्दा उनले उत्तर दिन सकेनन् । जति पटक यो प्रश्न गरेपनि राजकुमार भने विषयन्तर गर्दै गए ।

सम्बन्धित खबर

सिफारिस