वीवीसी । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरिया परमाणु हतियारलाई नष्ट गर्न प्रतिवद्ध रहेको बताएका छन् । तर, अमेरिकाले उत्तर कोरियामाथि लगाएको कायम नै राखेको खण्डमा परमाणु हतियारको बारेमा आफ्नो अभिब्यक्ति बदलिन सक्ने चेतावनी दिएका छन् । नयाँ बर्ष २०१९ को अबसरमा सम्वोधन गर्दै नेता किमले अमेरिकलाई तत्काल प्रतिवंध हटाउन माग गरेका हुन् ।
अघिल्लो बर्षको भाषणपश्चात किमले अमेरिका र दक्षिण कोरियासंगको सम्वन्धमा सुधार गरेका थिए । उत्तर कोरिया लगायत विश्वभरमा उनको कुटनीतिक कदमको प्रशंसा गरिएको थियो । किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा उत्तर कोरियाले परमाणु हतियारको उत्पादन रोक्ने र उत्पादित हतियारलाई नष्ट गर्ने सहमती गरेको थियो । तर, यसबाट सामान्य परिणाम मात्र देखिएको छ ।
सन् २०१७ मा उत्तर कोरियाले परमाणु मिसाइल परिक्षण गरेपछि अमेरिकासंगको सम्वन्धमा थप तित्तता आएको थियो । उक्त परमाणु मिसाईल अमेरिकासम्म पुग्न सक्ने कोरियाको दावि थियो । यसबाट दुई देशबिच युद्धको खतरा समेत उत्पन्न भएको थियो । तर दुईदेशले वार्तामार्फत हुनसक्ने सम्भावित क्षतिको अन्त्य गरेका थिए ।
किमले के भने ?
मंगलबार विहान उत्तर कोरियाका सरकारी टिभि च्यानलहरुबाट प्रसारित सम्वोधनमा नेता किमले विश्वसामु अमेरिकाले गरेको प्रतिवद्धतालाई कार्यन्वयन नगर्ने तथा आफ्नो देशमा दबाव र प्रतिवन्ध लगाइरहन्छ भने आफ्नो देशको हित तथा सम्प्रभुत्वलाई सुरक्षित गर्नको लागि एक नयाँ बाटो अपनाउन वाध्य हुने बताए ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग कुनैपनि समय कुनैपनि स्थानमा भेटवार्ता गर्न तयार रहेको समेत उद्घोष गरेका छन् । उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमको कारण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले यसअघि नै विभिन्न किसिमका प्रतिवन्धहरु लगाएको छ ।
अघिल्ला बर्ष अन्तराष्ट्रिय संवन्धमा सुधार
सन् २०१८ को नयाँ बर्षको सम्वोधनमा नेता किमले दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा भाग लिने घोषणा गरेका थिए । यसबाट दुईदेशबिच सम्वन्धमा केही माधुर्यता आएको थियो ।
यसपछि नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन संग अन्तर कोरियाली सीमामा भएको एक सम्मेलनमा भाग लिएका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसंग नेता किमले दुईपटक भेटवार्ता गरे तर सबैभन्दा विशेष भेटघाट ट्रम्प र किमबिच भएको थियो । यसले गतिलो परिणाम दिने समेत आँकलन गरिएको थियो ।
उक्त ऐतिहासिक सम्मेलन सिंगापुरमा भएको थियो । उक्त सम्मेलनमा अमेरिकी शीर्ष नेता र उत्तर कोरियाली शीर्ष नेताबिच भेटवार्ता भएको थियो । सोही सम्मेलनमा नेता किम र राष्ट्रपति ट्रम्पबिच परमाणु हतियार नष्ट गर्ने सम्झौता भएको थियो ।
सम्मेलनपछि उत्तर कोरियाले परमाणु कार्यक्रमलाई स्थगित गरेको थियो तर पुर्ण रुपमा भने रोकेको थिएन । परिक्षणलाई स्थगित गरेतापनि परिक्षण स्थललाई भने नष्ट गरेको थिएन । यससम्वन्धमा थप कुराकानी गर्न र दुई देशबिचको सम्वन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबिच आगामी फेब्रुअरीमा भेटवार्ता हुने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भेट फेब्रुअरीमा हुने भनिएतापनि समय र स्थान भने तय भइसकेको छैन ।