काठमाडौँ, पुष १७ । सुप्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ बर्षको उमेरमा मृत्यु भएको छ । लामो समयदेखि बिरामी परेका खानको उपचारको क्रममा क्यानडामा मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए। अफगानिस्तानको काबुलमा जन्मिएका कादर खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म दागु बाट फिल्मी दुनियाँमा डेब्यु गरेका थिए।
उनका ३०० भन्दा बढी फिल्म छन्। उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन्। अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको जवानी दिवानी मा सम्वाद लेखेका थिए।
भारतीय सिनेमा एक उत्कृष्ठ कलाकारको रुपमा स्थापित खानको जीवनकालमा भएका ३० घटनाहरु यस्ता छन्
१. सन् १९७३ मा सिनेमा क्षेत्रमा प्रवेश गरेका कादर खानले तीन सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका छन् । उनको पहिचान अभिनेता तथा लेखकको रुपमा समेत रहेको छ ।
२. आफ्नो पहिलो चलचित्र ‘दाग’ मा कादरले एक वकिलको भुमिका निर्वाह गरेका थिए ।
३. कादर खानले बम्बई युनिभर्सिटी अन्तर्गतको इस्माइल युसुफ कलेजबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए ।
४. चलचित्र जगत्मा आउनुअगाडी खान एमएच सबु सिद्धिक कलेज अफ इन्जिनियरिङमा प्रोफेसर थिए ।
५. उनका पिता अब्दुल रेहमान खान कन्धारका थिए भने माता इकबाल बेगर पिशिन ( अंग्रेजको पालाको भारतिय भुभाग ) बाट थिईन् ।
६.कलेजमा कादर खानद्धारा गरिएके नाटकबाट दिलीप कुमार यति प्रभावित भए कि उनले आफ्नो दुई चलचित्र सगीना र बैरागको लागी कादरलाई अनुवन्धित गरे ।
७. कादर खानका तीनजना छोरा छन् । एक क्यानडामा बस्छन् । उनीसंग पनि क्यानडाको नागरिकता छ भन्ने कुरा केही भारतीय संचारमाध्यमहरुमा आएको थियो ।
८. कादर खानले २ सय ५० भन्दा बढी चलचित्रमा संवाद लेखनको काम गरे ।
९. चलचित्र ‘रोटी’ का लागि संवाद लेख्दा मनमोहन देसाईले कादरलाई एक लाख २० हजार भारतिय रुपैयाँ दिएका थिए । तात्कालिन समयमा यो रकम ज्यादै ठुलो मानिन्थ्यो ।
१०. कादर खानले एक टेलिभिजनमा हसना मत भन्ने हाँस्य रियालिटी शो चलाईसकेका छन् । जुन शोको निर्माता उनि आफै हुन् ।
११. अमिताभ बच्चन बाहेक कादर खान यस्ता कलाकार थिए जसले प्रकाश मेहरा तथा मनमोहन देसाईसंग प्रतिस्पर्धात्मक रुपमा काम गरेका थिए ।
१२. अमिताभका कैयौँ सफल चलचित्र बाहेक कादर खानले ‘हिम्मतवाला’, ‘कुली नम्बर वान’, ‘मेँ खेलाडी तु अनाडी’, ‘खुन भरि मांग’, ‘कर्मा’, ‘सरफरोश’, र ‘धर्मवीर’ जस्ता सुपरहिट चलचित्रहरुमा संवाद लेखेका थिए ।
१३. सन् २०१३ मा कादर खानले वलिउडमा पुर्याएको योगदानको कदर गर्दै साहित्य शिरोमनी अवार्डबाट सम्मानित गरिएको थियो ।
१४. सन् १९८२ र १९९३ को फिल्म फेयरमा खानले बेस्ट डायलगको उपाधी जितेका थिए ।
१५. फिल्म फेयर सन् १९९१ मा बेस्ट कमेडियन तथा सन् २००४ मा बेस्ट सपोर्टिङ रोलको उपाधी जितेका थिए ।
१६. नौ पटकसम्म कादर खानको नाम फिल्म फेयरमा बेस्ट कमेडियन एक्टर को रुपमा दर्ता भएको थियो ।
१७. अमेरिकन फेडेरेशन अफ मुस्लीम फ्रम इन्डिया (एएफएमआई)ले कादर खानले आफ्नो सफलता र भारतीय मुस्लीम समुदायको लागि राम्रो काम गरेका भन्दै प्रशंसा गरेको थियो ।
१८. चलचित्र ‘रोटी’ का असरफ खान, आफ्नो एक नाटकका लागि युवकको खोजिमा थिए । ‘एक युवक मसानघाटमा बसेर संवाद लेख्छन’ भनी कसैले उनलाई भनिदियो । सो ब्यक्ति कादर खान थिए ।
१९.केहीदिन अघि सामाजिक संजालमा उनको मृत्युको बारेमा झुटो समाचार फैल्याएका प्रति उनको मनमा निकै ठुलो चोट पुगेको थियो । उनले त्यतिबेला भनेका थिए,‘यस्तो कामबाट मेरो भन्दा मेरो परिवारको मनमा ठेस पुगेको ।’
२०. कादर निकै गरिव परिवारमा जन्मेका थिए । फोहोर बस्तीको एक झुपडीमा उनको परिवार बस्दथ्यो । उनलाई आमाले सँधै प्रार्थनाको लागि मस्जीद पठाउँथिन । तर, उनि त्यहाँबाट मसानघाट जान्थे ।
२१. गरिव परिवारमा जन्मेको हुनाले उनको खुट्टामा चप्पल समेत हुँदैनथ्यो । उनको फोहोर खुट्टा देखेपछि मस्जीद नगएर कादर मसानघाटमा गएर आएको कुरा उनकी आमाले थाहा पाउँथिन् ।
२२. उनले खेलेको पहिलो नाटकबाट प्रभावित भएर एक बजु्रगले उनलाई सय रुपैयाँको नोट दिएका थिए । त्यसलाई उनि निकै ठुलो ट्रफी सम्झन्थे तर गरिवीको कारण उक्त रुपैयाँ उनले केहीसमय राखेर खर्च गरे ।
२३. कादर खान जन्मनुभन्दा पहिले उनको परिवार अफगानिस्तानको काबुलमा बस्दथे । उनका तीन दाजुहरु थिए । तर ती सबै आठ बर्ष नपुग्दै बिते । यसबाट डराएर उनको पिता र माता कादर खानको जन्मपछि मुम्बई आएका थिए ।
२४.उत्कृष्ठ लेखक बन्नको लागि जिन्दगीमा धेरै दुखको यात्रा गर्न निकै आवश्यक रहेको कुरालाई कादर खानले मान्यता दिने गर्दथे ।
२५. कादर खान कहिल्यै पनि चलचित्रको हिस्सा बन्न चाहँदैन थिए किनकी उनको समयमा चलचित्रलाई तल्लो दर्जाको रुपमा हेरिन्थ्यो ।
२६. कादर खान एक लेखकको रुपमा निकै चाँडै स्थापित भए किनकी कादरले सम्वाद लेख्दा सामान्य बोलचालको भाषमामा लेख्ने गर्दर्थे भने संवाद लेखनमा जमिसकेका अन्य ब्यक्तिहरु भने विभिन्न अप्ठ्यारो र असजिलो भाषाको प्रयोग गर्दथे ।
२७. कादर खानले गालिब की गजलोँ नामक गजलसंग्रह समेत लेखेका छन जसमा सय भन्दा बढी गजल समावेश छन् ।
२८. एक समय कादर खान नायक भन्दा धेरै चर्चित तथा लोकप्रिय थिए । दर्शकहरु फिल्म हेर्न जाँदा पोस्टरमा उनको अनुहार छ कि छैन भनेर हेर्थे र टिकट लिन्थे ।
२९. अश्लील तथा दुई अर्थ दिने खालका संवाद लेखेका कारण कादर धेरैपटक आलोचित समेत भएका थिए ।
३०. बिरामी हुँदा आफ्नो दर्शक र फ्यान र सहकर्मीहरु आफुबाट टाढा हुँदै गएको अभिव्यक्ति दिएका थिए