
रोयटर्स : बुधबार ईरानले गरेको मिसाइल हमलामा ८० जना अमेरिकन सेनाको मृत्यु भएको छ । ईरानको सरकारी टेलिभिजनका अनुसार १ सय जना भन्दा बढी अमेरिकन सेना घाइते भएका छन् ।
ईरानी टेलिभिजनले मृत्यु हुनेलाई ‘अमेरिकन आतंकवादी’को संज्ञा समेत दिएको छ ।
ईरानले इराकको अमेरिकी सेना रहेको अखडामा बुधबार विहान १५ वटा मिसाइल हमला गरेको थियो ।
मिसाइल हमलाबाट अमेरिकी सेनाको हेलिकोप्टर र सैनिक सामग्रीमा क्षेति पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा आफ्नो सेना प्रमुख कासिम सुलेमानीको मृत्यु भएपछि क्रुद्ध बनेको ईरानले आफ्नो आत्मरक्षाका लागि मिसाइल हमला गरेको जनाएको छ ।