काठमाडौँ, २० पुस । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
सोमबार विहान ११ः२० बजे नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो ।
छोरा प्रकाश दाहालको देहान्तपछि पार्किन्सन जस्तो रोगबाट पीडित प्रचण्ड पत्नी सितालाई यसअघि अमेरिका र सिंगापुर समेत लगिएको थियो । तर, त्यहाँको उपचारले समेत उनी पूर्ण ठीक हुन सकेकी छैनन् ।
काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएकाले दिल्ली हुँदै उनलाई मुम्बई लगिने पारिवारिक स्रोतले जनाएको छ । उनको उपचारका लागि छोरी गंगा दाहाल पनि सँगै जानेछिन् ।
सीताको उपचार मुम्बईस्थित न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुनेछ । उक्त अस्पतालमा ७० देशका विरामी आउने गरेको अस्पतालले जनाएको छ ।
गत बुधबार सितालाई गाह्रो भएपछि मेडिसिटि अस्पतालमा भर्ना गरिएको थियो ।