दियोपोस्टलाई समाचार दिएको भन्दै नेपालमा पीडितलाई धम्की, दुबईमा निर्दोष नेपाली अपहरण !

diyopost.com
दियो पोस्ट  शनिबार, पौष २४, २०७८ | १३:१५:४२

काठमाडौं । भिजिट भिषाको आवरणमा नेपालबाट युनाइटेड अरब ईमिरेट्स (युएई) मानव तस्करी गर्दै आएको ‘गिरोह’ले सञ्चार माध्यमलाई खबर दिएको भन्दै धम्की र अपहरण गर्न थालेका छन् ।

गिरोहका नाइके तथा त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजका मालिक कोमलराज उपाध्यायले नेपालमा आफ्ना प्रतिनिधि मार्फत निदोष व्यक्तिलाई फोन मार्फत धम्की दिएको पाइएको छ । उनै नेपालीको दुबईस्थित रोजगारीमा रहेका एक नेपाली युवालाई अपहरण गरि बन्धक बनाएको घटना समेत खुलेको छ ।

दियोपोस्ट डटकमले विहिबार फलोअप स् यस्तो छ दुबई मानव तस्करी गर्ने ‘गिरोह’ले श्रीमतीलाई ‘दलाल’ बनाएको प्रमाण’ शिर्षकको समाचार प्रकाशन गरेको थियो । सोही समाचारमा रहेको बैंक भौचरको नम्बरमा फोन गरि नेपालमा रहेका बिना भारतीलाई दलालहरुले धम्की दिएका थिए ।

गिरोहका नेपालका प्रतिनिधिले ९८०५३९६३१२ बाट पीडित (कोमलको श्रीमतीको खातामा पैसा जम्मा गर्ने व्यक्ति) को मोबाइल नम्बर ९८१८३१..१८ नम्बरमा फोन गरि ‘दुबईमा को छ, उसको डिटेल चाहियो’ भन्दै डिटेल मागेका थिए । धम्कीपूर्ण भाषाहरु प्रयोग गरेपछि पीडित महिलाले आफ्नो घरबाट दुबई गएको व्यक्तिको नाम बताएकी थिइन् ।

स्रोतका अनुसार नेपालबाट दुबईमा नेपालीको पहिचान खोज्ने काम कोमलकै स्वामित्व रहेको सिनामंगल स्थित द लिंक फर रिक्रुटमेन्ट कन्सल्टेन्सी नामक म्यानपावरका दलाल खगेन्द्र लम्सालले लगाएका थिए । उनै लम्सालले दिएको सुचनाका आधारमा दुबईमा रहेका ती महिलाको भाईलाई उपाध्याय समुहले अपहरण गरेको पीडितहरुले दियोपोस्टलाई बताएका छन् ।

उनको भाइ नाता पर्ने दुबईमा रोजगारीमा रहेका ‘अमन थापा’लाई दियोपोस्टमा समाचार दिएको भन्दै क्याम्पबाटै अपहरण गरि लगेको दुबईबाट उनी निकट एक व्यक्तिले दियोपोस्टलाई टेलिफोनबाटै जानकारी दिएका छन् ।

दियोपोस्टलाई प्राप्त भिडियोमा ती युवालाई कुटपीट गरि शरिरभरी निलडाम रहेको देखिन्छ ।

‘मेरो साथीलाई फोटो खिच्न लान्छु भनेर दिनभर बन्धक बनाएर राखे । उनीहरु समुह नै लिएर गाडीमा आएका थिए । दिनभर कता लगे थाहा भएन,’ दुबईबाट एक नेपालीले भने,‘दिनभर बन्धक बनाएर कुटपीट गर्दै स्लिप किन दिएको भन्दै धम्की दिएछन् । शरिरभरी निलडाम छ ।’

दियोपोस्टको सम्पर्कमा आएका ती पीडित नेपालीका अनुसार मिडियामा किन बैंक भौचर दिएको भन्दै कोमल, खगेन्द्र र २ जना बाउन्सर मिलेर कुटपीट गरेका थिए । ‘स्लिप किन दिइस् । त्यो स्लिपले मेरी श्रीमतीको बेइज्जत भयो भन्दै कोमल र खगेन्द्रसहित २ जना बाउन्सर मिलेर कुटेको रहेछ,’ ती नेपालीले भने,‘यीनीहरुले बाहिर सार्वजनिक गरे फेरी कुट्छु भन्दै धम्की दिएपछि अहिले युवाको मानसिक अवस्था समेत तनावपूर्ण छ ।’

सम्बन्धित खबर