संस्थागत सुशासनको धज्जी उडाउँदै नेपाल लाईफ, पराजुलीको नियुक्ती ‘गैरकानुनी’ !

diyopost.com
दियो पोस्ट  आइतबार, पौष २५, २०७८ | १५:५२:२९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनलाई २५ पौषबाट लागु हुनेगरि सिनियर डिसिओमा नियुक्त गरिएको हो ।

दुई हप्ता अघि मात्रै रिलायन्स लाईफ इन्स्योरेन्सको सिइओबाट बाहिरिएका पराजुलीलाई नेपाल लाईफ इन्स्योरेन्सको सञ्चालक समिति बैठकले अवैध रुपमा डिसिओमा नियुक्त गरेको हो ।

नेपाल लाईफमा यतिबेला सिइओ छ्रैनन् । सिनियर डिसिओकै भरमा नेपाल लाईफ सञ्चालित छ ।

नेपाल लाईफको तत्कालिन प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइँले चार वर्षे कार्यकालको पहिलो ८ महिना पनि नबित्दै राजिनामा दिएका थिए । सञ्चालकहरुले अवैध रुपमा गैरकानुनी भत्ता लिएपछि प्रसाइँ असन्तुष्ट रहेको स्रोतले बतायो ।

उनले राजिनामा दिएपछि रिक्त रहेको पदमा पराजुलीलाई नै नियुक्त गर्ने योजनासहित भित्र्याइएको हो । तर, बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ ले कुनै एउटा बीमकको प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएको वा कार्यकाल सकिएर बाहिरिएको ६ महिना पुरा नभएसम्म अर्को बीमा कम्पनिको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुन रोक लगाएको छ ।

सोही निर्देशिकालाई चोर बाटोबाट उलंघन गर्दै नेपाल लाईफ इन्स्योरेन्सले पराजुलीलाई डिसिइओमा नियुक्त गरेको हो ।

त्यस्तै सुशासन निर्देशिका पहिलो संशोधन २०७८ ले भने बीमकको प्रमुख कार्यकारी अधिकृत पद तीन महिनाभन्दा लामो समयसम्म खाली राख्न नहुने प्रावधान राखेको छ । आगामी ६ महिनासम्म नेपाल लाईफको सिइओ नियुक्त हुन नपाएपनि पराजुलीले डिसिओकै पदबाट संस्था संचालन गर्न पर्ने भएको छ ।

सम्बन्धित खबर