सुरेन्द्र भण्डारीले ‘माइन्युट च्यातेपछि’ बहुउद्देश्यीय सहकारी संघमा लफडा !

diyopost.com
दियो पोस्ट  मंगलबार, पौष २७, २०७८ | १३:१८:१२

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा लफडा भएको छ । संघका केन्द्रीय अध्यक्ष समेत रहेका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र सचिव माधव तिमल्सिनाबीच विवाद चलेको पाइएको छ ।

गत मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले निर्वाचन सहितको नवौँ वार्षिक साधारण सभा आयोजना गर्ने सम्बन्धमा निर्णय गरेको थियो । उक्त बैठकले यही पुस २९ गते वार्षिक साधारण सभा आयोजना गरिएको थियो ।

 

गत पुस १९ गते संघको बैठकमा वार्षिक साधारण सभाको पुर्व तयारी लगायतको विषयमा छलफल हुँदा सदस्यता वितरण लगायतका विषयमा सञ्चालकहरुबीच विवाद भएको थियो ।

 

संघका सचिव माव माधव तिमल्सिनाले सोमबार नागरिक दैनिकमा प्रकाशित गरेको सुचना अनुसार अध्यक्ष सुरेन्द्र भण्डारीले आफू अनुकुल निर्णय नहुने अवस्था आएपछि साधारण सभा नै सार्ने धम्की दिएका थिए । त्यति मात्रै होइन भण्डारीले उपस्थितिको पुस्तिका समेत च्यातेर बैठक छाडेर भागेका थिए ।

भण्डारीको कदम विरुद्ध बहुमत सञ्चालक समितिका सदस्यहरुले सहकारी विभागमा गत पुस २० गते उजुरी गरेका थिए ।

पूर्व निर्धारित समयमै वार्षिक साधाराण सभा गराउनुपर्ने भन्दै १९ जना सञ्चालक समिति मध्ये १० जनाले समुहिक हस्ताक्षरसहित विभागमा उजुरी गरेका थिए ।


गत पुस २३ गते सहकारी विभागले पत्र लेख्दै मंसिर १३ गते सम्म कायम रहेको संघ संस्थाका सदस्यलाई मात्रै समावेश गरेर तोकिएकै मितिमा संघको निर्वाचन सहितको नवौँ वार्षिक साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको थियो ।

तर, सञ्चालक समितिको अध्यक्ष भण्डारीले विभागको निर्देशनकै बर्खिलाप हुने गरि संचालक समितिको बैठक समेत नराखेर मनोमानी ढंगबाट गत पुस २४ गतेको कान्तिपुर दैनिकमा अप्रत्यासित रुपमा साधारण सभा स्थगित गरिएको भन्दै सुचना प्रकाशन गरेको सचिव माधव तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार बहुमत सदस्यहरुले भण्डारीको कदमको विरोध गरेका छन् । भण्डारीले आफ्नो हस्ताक्षरसहित सुचना प्रकाशन गरेपनि यता बहुमत सदस्यले भने उक्त सुचनाप्रति आपत्ति जनाउँदै संचालक समितिले पुस २५ मा बैठक बसेर विभागको निर्देशन बमोजिम पुर्व निर्धारित मिति अर्थात पुस २९ गते कै दिन संघको निर्वाचन सहितको नवौँ वार्षिक साधारण सभा आयोजना गरेका छन् । उनीहरुले पुस २८ गते सबै प्रतिनिधिलाई पठाउन समेत अपिल गरेका छन् ।

स.घका सचिव माधव तिमल्सिनासहित बहुमत सदस्यले आजै नागरिक दैनिकमा सुचना प्रकाशन गरि तोकिएकै मितिमा वार्षिक साधारण सभा आयोजना गर्ने जानकारी दिएका छन् । तर, अध्यक्ष सुरेन्द्र भण्डारीले भने आज नै कान्तिपुर दैनिकमा सुचना प्रकाशन गरेर साधारण सभा स्थगित गरेको सुचना सार्वजनिक गरेका छन् ।

सहकारी ऐन २०७४ अनुसार प्रत्येक संघ तथा समितिहरुले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक सधारण सभा बोलाउनुपर्ने छ । सहकारी विभागले संघलाई पत्र लेख्दै ऐन अनुसार नभए कानुन अनुसार कारबाही हुने जानकारी गराएको छ ।

सम्बन्धित खबर