जब गंगाजमुना गाउँपालिकाका अध्यक्ष अधिकारीले क्यान्टिनको कुक दलित भन्ने थाहा पाए !

diyopost.com
दियो पोस्ट  बुधबार, पौष २८, २०७८ | १७:२२:३६

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकामा सञ्चालित क्यान्टिनमा कार्यरत एक कुक युवालाई दलित भएकै कारण जागिरबाट निकालिएको घटना सार्वजनिक भएको छ ।

गाउँपालिकामा सञ्चालित क्यान्टिनका सञ्चालक दिपेन्द्र अधिकारी मासिक २० हजार रुपैयाँमा कुकको काम लगाएका सुवास विकलाई गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको दबावमा जागिरबाट निकालिएको सार्वजनिक भएको हो ।

स्रोतका अनुसार गाउँपालिका अधिकारीको दबावमा ती युवालाई जागिरबाट निकालिएको हो । ‘गाउँकै स्थानियले म दलित भएको थाहा पाएपछि गाउँपालिकासम्म खबर पुगेछ । गाउँपािलकाका कर्मचारीहरु खान खान आउन छाडे । गाउँपालिका अध्यक्षले समेत म लाई कामबाट निकाल्न दबाव दिनुभएछ,’ विकले दियोपोस्टसँग भने,‘अनि क्यान्टिनका मालिक अधिकारीले मलाई कामबाट निकाले ।’

दलित कुकले पकाएको खानु परेपछि प्रमुख प्रशासकीय अधिकृत मोतिराम थपलियाले नै कर्मचारीलाई उक्त क्यान्टिनबाट खानेकुरा नल्याउन दबाव दिएका थिए । थपलियाकै दबावमा कर्मचारीले समेत क्यान्टिनमा खान अर्डर बन्द गरेका थिए ।

 

सम्बन्धित खबर