सिद्धलेक औषधी खरिदकाण्डमा मुछिएका सिलवालका कारण प्रसुती गृहको ठेक्का विवादमा, सेटिङ्गको आरोप !

diyopost.com
दियो पोस्ट  मंगलबार, माघ ०४, २०७८ | २२:२६:१६

 

काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिकामा औषधी खरिद घोटालामा मुछिएका भरतमणी सिलवालका कारण थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको एउटा ठेक्का विवादमा आएको छ ।

उक्त अस्पतालले दुई सय बेड आइसोलेसनको लागि सर्जिकल सामग्री खरिदका लागि ठेक्का आह्वन गरेको थियो । काठमाडौंको त्रिपुरेश्वरमा सर्जिकल सामग्रीको सप्लाई गर्दै आएका सिलवालले सेटिङ्गमा धेरै मुल्य प्रस्ताव गरेर पनि ठेक्का हत्याएका हुन् ।

 

टेन्डर प्रक्रिया अनुसार सबैभन्दा कम मुल्यमा टेन्डर हाल्ने फर्मबाट सामान खरिद गर्नुपर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख छ । तर, उनको स्वामित्व भएको कम्पनिले धेरै मुल्य प्रस्ताव गरेर पनि ठेक्का पाउने सुचीमा परेको छ ।

झिल्को अनलाइनले सार्वजनिक गरेको कागजात अनुसार यो टेन्डर प्रक्रियामा सबैभन्दा कम रकम वोलकवोल गर्ने बसुन्धाराको डीबीटी इन्टरप्राइजेज हो । उसले सर्जिकल सामाग्रीको जम्मा भ्याट सहित ७१ लाख ९६ हजार नौ सय ७० रुपैयाँ प्रस्ताव गरेको छ ।  तर, आसयपत्र पाउने सिलवालको मेडिएड कन्सर्न प्रा.लीले ८३ लाख ४७ हजार तीन सय १० रुपैयाँ प्रस्ताव गरेको थियो ।

 

 

 

धादिङ्गको सिद्धलेक घर भएका भरतमणी सिलवाल प्रशुती गृहको फार्मेसीमा दश वर्षदेखि काम गरेका व्यक्ति हुन् । सोही क्रममा उनले अस्पतालका तल्लोदेखि माथिल्लो तहका कर्मचारीलाई राम्रो सँग चिन्ने अवसर पाएका थिए । सबैलाई चिनिसकेपछि त्यहीँँका केही कर्मचारीले उनलाई टेण्डर सप्लाईको काममा लाग्न सुझाए । अरुबाट कमिसन लिन भन्दा सिलवालसँग कमिसन लिन सजिलो हुने र कमिसनको कुरा बाहिर नजाने बुझेर अस्पतालका धेरै नाफा हुने टेण्डर भरतलाई दिने गरिएको स्रोतको दाबी छ ।

 

समाचार श्रोतका अनुसार यो सर्जिकलको टेण्डरमा सबैभन्दा कम मूल्य हाल्ने डीबीटी इन्टर प्राइजेज र टेण्डर प्राप्त गर्ने मेडिएडबीचको फरक मूल्य भनेको करिब ११ लाख हो । मेडिएडलाई टेण्डर दिएपछि यी दुई बिचको फरक रकम ११ लाख त्यहाँका कर्मचारीले सोझै एडभान्स अनुरुप पाउँछन् भने अरु दश प्रतिशत कमिशन सप्लाई सकिने बेलामा पाउँछन् । यसको सबै चाजोपाजो मेडिएडका मालिक भरत सिलवाल र प्रशुतिका उप हस्पिटल प्रशाशक रानु थापाले मिलाएको दाबी छ ।

कोरोना महामारीको समयमा धादिङ्गको सिद्धलेक गाउँपालिकाले खरिद गरेको मेडिकल सामग्रीमा चरम घोटाला भएको थियो । गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको मिलेमतोमा भएको उक्त घोटालाको डिजाइनर यीनै भरतमणी थिए । भरतमणीले आफ्नो कम्पनिबाट नभई सन्जु श्री मेडिसिन सप्लाईबाट महँगोमा औषधी लगायत मेडिसिन सामग्री खरिद गराएका थिए । उनका दाई नातापर्ने स्वास्थ्य प्रमुख राम प्रसाद सिलवाल समेत घोटालामा समलग्न थिए ।

 

सिद्धलेक गाउँपालिकामा ‘ब्रम्हलुट’ : औषधी खरिदमा नक्कली बिल, अध्यक्ष सिलवाल नै समलग्न !

सम्बन्धित खबर