नेपाल लाईफ, सानिमा लाईफ, गुराँस लाईफसहित ११ वटा बीमा कम्पनि काराबहीमा

diyopost.com
दियो पोस्ट  सोमबार, माघ १७, २०७८ | २२:१७:४५

काठमाडौं । लेखा परिक्षण प्रतिवेदन नबुझाएको भन्दै बीमा समितिले विभिन्न ११ वटा बीमा कम्पनिहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेश नगरेको भन्दै समितिले कारबाही गरेको हो । समितिले प्रति ईन्स्योरेन्स १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

प्रकाशित सुचना अनुसार दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेनस, गुराँस लाइफ इन्स्योरेन्स, आइएमर्इ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो ।

 

समितिले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफुले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । नेपाल लाईफ र प्राइम लाईफमाथि यसअघि पनि कारबाही गरिएको थियो ।

सम्बन्धित खबर