सिन्धुपाल्चोक । वन, सडक र नदि किनार हडपेर बनाइएको सुकुटे विचलाई डिभिजन वन कार्यालय छानबीन थालेको छ । लामो समयदेखि कानुनको धज्जी उडाएर व्यापारी महेन्द्र थापाले वन क्षेत्र र नदि क्षेत्रमा अवैध रुपमा रिसोर्ट चलाउँदै आएका थिए ।
डिभिजन वन कार्यालयले पत्र काट्दै वन क्षेत्रमा पर्ने भुभाग छोड्न भन्दै पत्र पठाएको हो । वन कार्यालयले जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, सडक डिभिजन कार्यालय चरिकोट, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, चौतारासागाचोकगढी नगरपालिका, वडा कार्यालय लगायतलाई बोधार्थ दिएर पत्राचार गरेको छ ।
‘हामीले वन क्षेत्रमा पर्ने जग्गा खोजी गर्दैछौँ । वनको जग्गा त्यसरी हड्पन पाइँदैन हामीले सुकुटे विच रिसोर्टका संचालक थापालाई समेत पत्र पठाएका छौँ । अब अरनीको राजमार्गमा पर्ने र जिल्लामा वन क्षेत्र हडपेर बसेका ठाँउहरु खाली गर्न लगाइने छ,’ वन कार्यालय स्रोतले भनेको छ ।बिगत झन्डै २५ बर्ष अगाडि देखि संचालनमा रहेको सुकुटे ‘विच’ रिसोर्टको जग्गा जम्मा उसको नाममा करिब ४ रोपनी मात्रै छ । तर सुकुटे विच रिसोर्टले सरकारी निकायलाई प्रयोगशाला बनाउदै झन्डै ३३ रोपनी सरकारी जग्गा कुनै प्रमाण र आधार बिनानै भोगचलन गर्दै आएको छ । उसले अहिले पनि जग्गा भोगचलन गरेवापत भाडा दिएको छैन । उसले न त सार्वजनिक सूचना प्रकाशित गरि दिएको न कुनै सहमतिमा । उनले रिसोर्ट चलाउदै आएको जग्गा वन र नदि बगरको पर्द्छ। यसलाई कार्यन्वयन गर्ने निकाय जिल्ला बन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिती छ।
तर दुबै निकाय मुक दर्शक बनेका छन । रिसोर्टले नदि किनाराको जग्गा हड्पेर रिसोर्टको सरचना धमाधम बनाइरहेको छ । त्यही संरचना हेर्दै जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठ दिनानुदिन त्यही बाटो हिडिरहेका हुन्छन। पछिल्लो समय गृह मन्त्रालयले सरकारी जग्गा हडपेको र सार्वजनिक सुचना जारी गरि लगाइएको सरकारी जग्गा बाहेक सबै हटाएर सरकारको मातहतमा ल्याउन भनेपनि सुकुटे रिसोर्टले हडप्को जग्गा भने रिसोर्टले प्रयोग गरिरहेको छ ।
बिगत लामो समय देखि चल्दै आएको सुकुटे विच रिसोर्टले जग्गा हड्प्दै प्रहरी प्रशासन र जिल्ला प्रशासनलाई आफ्नो प्रयोग शाला बनाउदै आएको छ।सरकारी जग्गामा रिसोर्टको रजाइँ भएपछि स्थानीयले बिरोध गर्दै आएका छन । तर जिल्ला समन्वय समिती जिल्ला वन कार्यालय र प्रहरी प्रशासन भने नतमस्तक देखिन्छ । बगर र बनको जग्गा लिजमा दिन परेपनी सार्वजनिक सूचना जारी गरेर भाडा दिइन्छ तर अहिलेसम्म त्यो भने पाइएको छैन । रिसोर्टको गतिविधि र जग्गा हडपेको विषयमा स्थानीयले पटकपटक आवाज उठाउदै आएपनि जिल्ला प्रशासन कार्यालयमा गएर थन्किएको छ ।
सुकुटे विच रिसोर्टका संचालक महेन्द्र थापाले प्रधानमन्त्री पुष्प कमल दाहाललाई आफ्नो रिसोर्टमा राख्ने गरेका छन । त्यही मौका र फाइदा उठाउदै थापाले अहिले सबै निकायलाई हप्काउने गरेको सूचना बाहिरीएको छ ।
चौतारासगाचोकगढी नगरपालिका ९ कदमवासमा पर्ने यो रिसोर्टले वडा अध्यक्षलाई समेत थामथुम बनाउदै आएको स्थानीयको भनाइछ। राजनीतिक आडमा बन र बगर मिच्दै रिसोर्ट चलाएको सुकुटे विचमा अनेकौ घटना हुने गरेको छ । कहिले रेप केस त कहिले लागुऔषध सेवन गरेर झै झगडा हुन्छ भने कहिले चोरी समेत हुने गरेको छ ।
गत असार १८ गते मात्रै सुकुटे विच रिसोर्ट भित्र एउटा रेप केसको घटना घट्यो, सो रेप केस रिसोर्ट र त्याहा कार्यारत कर्मचारीको लापरबाहीकै कारण घटना गरेको प्रहरीको ठम्याइ छ। रिसोर्टमा रक्सीले मातिएर आफ्नो कोठामा सुतेको एक युवती माथि बलात्कार हुदा समेत रिसोर्ट र त्याहाका कर्मचारीले वास्ता गरेनन भोलि पल्ट बिहान् युवती घर फर्किने बेला रिसोर्टमा पैसा तिर्न पर्स खोज्दा पर्स हराएको हल्ला भएपछि मात्रै रिसोर्टले सिसिटिभ हे¥यो त्यसपछि युवती बलत्कृत भएको खष्मभय मा देखियो ।
यो घटना लुकाउन रिसोर्ट संचालक थापाले राजनीति आड प्रयोग गरे अन्तत प्रहरीले मुद्दा दर्ता गरेर संचालक थापा र कर्मचारीलाई सोधपुछ्को लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक बोलाएको प्रहरीको भनाइ छ। राजनीतिक शक्तिको आड देखाउदै प्रहरीलाइ प्रभावमा पार्न खोजेपनी प्रहरीले थापालाई चेतावनी दिइएको थियो। अहिले थापाले रिसोर्टमा राती आठ बजेपछि प्रहरीलाई समेत रिसोर्ट प्रवेश गर्न दिइदैन । यसरी हेर्दा सुकुटेविच रिसोर्टमा बस्दा कुनै सुरक्षाको प्रत्याभुती भने देखिदैन ।
थापाले प्रहरी प्रशासनलाई राजनीति शक्तिको आड देखाउदै घटनालाइ थामथुम गर्न खोजेपछि प्रहरीले थप एक्सन लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। सुकुटे विच रिसोर्टमा पछिल्लो समय लागुऔषध कारोबार देखि सेवन गर्नेको ट्रान्जिट पोइन्ट बनेको स्थानीयको आरोप छ ।
याे पनि
सरकारी वन र सुनकोसी बगरमा सुकुटे विच रिसोर्टको रजाइँ : प्रचण्डको नाम लिएर धम्काउँदै संचालक !