हवाई इन्धनको नयाँ मूल्य आजदेखि लागू

हवाई इन्धनको नयाँ मूल्य आजदेखि लागू

काठमाडौं, ५ फागुन । सरकारले घटाएको हवाई इन्धनको मूल्य आजदेखि लागू गर्ने भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने हवाई इन्धनको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले मूल्य घटाएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले हवाई इन्धन (आन्तरिक उडान) तर्फ प्रतिलिटर ५५ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) तर्फ प्रतिकिलो लिटर ५ सय ४९ डलर घटाइएको निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए ।

नयाँ मूल्य लागु भएपछि प्रतिलिटर हवाई इन्धन (आन्तरिक उडान)को मूल्य १ सय ९ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानको प्रतिकिलो लिटर ९ सय ८१ डलर हुनेछ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी)ले फेब्रुअरी १५ मा पठाएको आधारमा मूल्य समायोजन गरेको हो ।

Trending News