
काठमाडौं, फागुन १० । बलात्कार आरोपमा पुुर्पक्षका लागि थुनामा रहेका शुक्लागण्डकी नगरपालिका-८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले सफाइ पाएका छन् ।
कसुर पुष्टि हुने प्रमाण नभेटिएपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले गत सोमबार उनलाई सफाइ दिएको स्रेस्तेदार सुदर्शन खनालले बताए ।
वडाध्यक्ष रेग्मीलाई उनकै वडाकी २७वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो ।
मुद्दाको बकपत्रमा जाहेरीवालाले वडाध्यक्ष रेग्मीले बलात्कार नगरेको स्पष्टीकरण दिएका थिए । सामान्य कुटपिटमात्र भएको बयान दिएपछि आरोप पुष्टि नभएको हो । कान्तिपुर दैनिकबाट