हजार्ड रियल मड्रिडका स्टार भए के होला ?

दियो पोस्ट  

एजेन्सी । प्रशिक्षक जोसे माउरिन्होले चेल्सीका स्टार ईडेन हजार्डसंग स्पेनिस महारथी रियल मड्रिडबाट खेल्ने क्षमता र व्यक्तित्व भएको बताएका छन् । २८ बर्षका स्टारले यसै महिना आफुले भविष्यको बिषयमा निर्णय गरेको बताएका थिए । तर उनी स्टामफोर्ड ब्रिजमै बस्छन् वा छोड्छन् भन्ने बिषय प्रष्ट भईसकेको छैन ।

बेल्जियमका अन्तराष्ट्रिय खेलाडीको चेल्सीसंगको सम्झौता सन् २०२० मा सकिदैछ । उनी पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडसंग जोडिएका छन् ।

हजार्डका पुर्व प्रशिक्षक समेत रहेका माउरिन्होले चेल्सी फरवार्डले गर्ने निर्णयको बिषय आफु जानकारी नभएपनि उनी स्पेनिस क्लबमा स्टारको रुपमा रहन सक्ने बताएका हुन् ।

‘म उनको भविष्यको बिषयमा भन्न सक्दिन । मैले क्लब छाड्दा उनीसंग कुरा गरेको थिएन ।’ माउरिन्होले भने, ‘तर उनको क्षमता र व्यक्तित्व बर्नवेउको माहोलमा खेल्ने प्रकारको रहेको छ ।’

हजार्ड चेल्सीमा सन् २०१२ मा आएका थिए । उनले क्लबबाट प्रिमियर लिग र युरोपा लिग जितेका छन् ।

चेल्सी आईतबार राति मात्र कारबाओ कपमा म्यानचेष्टर सिटीसंग पराजित भएको थियो । चेल्सी प्रिमियर लिगमा छैटौ स्थानमा छ । चेल्सी चौथो स्थानको आर्सनल भन्दा अझै तीन अंकले पछाडी छ ।