पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा फागुन २३ गते श्रद्धान्जली सभा

दियोपोस्ट संवाददाता

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालय बैठकले बुधवार ताप्लुङमा संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री एवं पार्टीका केन्द्रीय सदस्य रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएकोप्रीत फागुन २३ गते श्रद्धान्जली सभा गर्ने निर्णय गरेको छ ।

हिजो ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाप्रति सचिवालय बैठकले भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनहरुप्रीत गहिरो संमवेदना प्रदक गरेको छ ।


बैठकले एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक व्यक्त गरेको छ ।


पार्टीका महासचिव विष्णु पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, बैठकले आज फागुन १६ गते देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले यही फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको छ ।


आजै ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुुँडिखेलमा पार्थिव शरीर राखिनेछ । मन्त्री रविन्द्र अधिकारीको अन्तेष्टी भोली फागुन १७ गते उहाँको गृहनगर पोखरामा गरिने महासचिव पौडेलले बताए ।

बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरुका परिवारलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर

सिफारिस