रोयटर्स, १२ फागुन । मलेशियाली प्रधानमन्त्री डा. महाथिर महम्मदले पदबाट राजिनामा दिएका छन् । रोयटर्सका अनुसार उनले आफ्नो राजिनामा राजा समक्ष पेश गरेका छन् ।
९४ वर्षिय महम्मद गत सन् २०१८ मे मा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
यद्धपी सरकारका प्रवक्ताले यस विषयमा प्रतिक्रिया दिन अस्विकार गरेको रोयटर्सले जनाएको छ ।