बीमा समितिमा ७ वर्ष अनुभव सम्हालेका प्रसाई नेपाल लाइफ इन्स्योरेन्सको सिइओ नियुक्त !

बीमा समितिमा ७ वर्ष अनुभव सम्हालेका प्रसाई नेपाल लाइफ इन्स्योरेन्सको सिइओ नियुक्त !

काठमाडौं, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।


विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस अघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।

Trending News