दुर्गा प्रसाइँको चुरीफूरीअन्त्य : सुरक्षामा खटाइएका प्रहरी फिर्ता !

diyopost.com
दियो पोस्ट  शुक्रबार, माघ २१, २०७८ | १:२५:३७

काठमाडौं । गृहमन्त्रालयको विशेष व्यक्ति सुरक्षा मापदण्ड विपरित नेपाल प्रहरीको सुरक्षागार्ड लिएर रवाफ देखाउँदै हिँडेका दुर्गा प्रसाई अब सुरक्षाकर्मी विहिन भएका छन् । झापाको बिएण्डसी मेडिकल कलेजका मालिक रहेका उनले आफूलाई धेरै ट्याक्स तिरेकै आधारमा व्यक्तिगत सुरक्षागार्ड दिइएको बताएका थिए ।

उनलाई नेपाल प्रहरीको एक कर्मचारी सुरक्षा गार्डको रुपममा दिएको थियो । उक्त समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय झापाले उनलाई दिएको प्रहरी फिर्ता गरेको हो ।

सरकारले दिएको प्रहरी बाहेक १० जना अन्य निजी सुरक्षा गार्ड लिएर हिँडेका उनले सुरक्षाकर्मी दुरुपयोग गरेको पाइएको थियो । तत्कालिन केपी ओली सरकारले उनको सुरक्षाका लागि राष्ट्र सेवक नेपाल प्रहरी खटाएको थियो ।

सम्बन्धित खबर