नेपाली बजारमा सुन हालसम्मकै महङ्गो, प्रतितोला कति ?

दियो पोस्ट  

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ। साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) तोलामा २ हजार ९०० रुपैयाँ बढेर सुन हालसम्मकै महङ्गो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा सुनको मूल्यले यसअघि माघ १९ गते सर्वाधिक उच्च अंकको रेकर्ड राखेको थियो। माघ १९ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा देखिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ।