काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।