काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार, तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।