काठमाडौं । हिजो राति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ सरकार गठन आजै हुँदैछ । गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बनेको हो ।
प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रीमण्डल बन्न लागेको हो । आज केही मन्त्रीले शपथ ग्रहण गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । एमाले, रास्वपा र जसपासहित पुनर्गठन हुन लागेको मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ ।
यस्तै एमालेबाट पदम गिरी र रास्वपाबाट डिपि अर्यालको नाम प्रधानमन्त्रीसमक्ष पुगेको छ । यद्यपी कसलाई कुन मन्त्रालय दिने भन्ने कुरा चाहि टुंगो लागेको छैन । मन्त्रालय टुंगो नलागे पनि उनीहरुले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने छन्