नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समेटियो, पाँच दलबीच ७ बुँदे सहमति

नयाँ सत्ता समीकरण

दियो पोस्ट डेस्क  

काठमाडौं । सत्ता गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर सहित नयाँ सहमति बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि ७ बुँदे सहमति सार्वजनिक गरिएको छ।

पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यस अघिको लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।