
काठमाडौं । शिवरात्रीको दिन पशुपति मन्दिरमा एक करोड ५० लाख रुपैयाँको माला लगाइएको खुलाशा भएको छ । पशुपति क्षेत्र विकास कोषले फुलमाला र बत्तिका नाममा करोडौं रकम एकैदिन खर्च भएको स्रोतको भनाई छ । गत फागुन २५ गते शिवरात्रिका बेला गरिएको फुलमाला बत्तिसहितको सजावटमा कोषले एक करोड ५० लाख रकम खर्चिएको गुणासो आएको हो । कोषका सदस्य सचिव राजु कुमार खत्री र कोषध्यक्ष नाराण प्रसाद सुवेदीको मिलोमतोमा एक करोड ५० लाख खर्च हुँदा केही रकम हिनामिना भएको आरोप छ । कोषले शिवरात्रिको अवसरमा फूलमाला, बत्ती र खाजा नास्तामा समेत अनियमितता गरेको आरोप छ ।
“शिवरात्रिमा कोषले अपरादर्शी ढंगले एक करोड ५० लाख खर्च गरेको देखिएको छ,’ स्रोतले भन्यो,“ यसअघि पनि पटक पटक विभिन्न बहानामा कोषका सदस्य सचिव र कोषाध्यक्षले लाखौं रकम हिनामिना गरेको गर्दै आएको छन् । अहिले पनि यत्रो रकम कसरी खर्च हुन सक्छ यदि खर्च भएपनि पादर्शिता त हुनु पर्यो नि तर त्यस्तो केही देखिएको छैन । न त कुनै आम्दानी नै देखाइएको छ । ”
स्रोतका अनुसार बजेट खर्च गरेको देखाउन केही दिन अघि अनावश्यक गेटहरु निर्माण गरिएको थियो । उक्त गेट निर्माणको सामाजिक सञ्जालमा टिप्पणी भएपछि उक्त गेट भत्काइएको थियो । कोषले लागेको भनिएको उक्त रकममा कुनै पारदर्शीता देखिएको छैन । कोषकै पदाधिकारीको विरोधको स्वर आउन सक्ने आशंकामा विभिन्न उपसमिति बनाएर खरिदमा हुने अनियमितताको साझेदार बनाइने गरेको छ ।
पशुपतिको दर्शन सिद्राको व्यापारमा व्रह्मलुट
पशुपति क्षेत्र विकासकोषले शिवरात्रिको खर्च विवरण त्यही दिन बेलुका नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । कोषले आम्दानी विवरणका विषयमा भने केही बोलेन । जबकी यही खर्चसहित आम्दानीबाट पनि खर्च कटौती गरिदै आएको छ । खर्च १ करोड ५० लाख भएको देखाएको कोषले भक्तजनहरुले गरेको पुजा, भेटी–घाटी, विशेष पुजाबारे केही बोलेको छैन । विगतका वर्षमा सबै गरेर ७५ लाख देखि १ करोडसम्म खर्च हुन्थ्यो तर यो पटक भने अपादर्शीता ढंगले अस्वभाविक रुकम खर्च भएको देखिएको छ । यो खर्च रङग रोगन, अस्थाई शौचालय, धारा, सजावटका लागि खर्च गरिन्छ र तर यो पटक यस्तो खालको कुनै व्यवस्था थिएन । खर्च भएको भनिएको रकम सबै फुलमाला र बतिमा मात्रै भएको भनिएको छ । यद्यपी सादुसन्तलाई विदाई समेतको खर्च त्यसमा जोडिन्छ । साधु सन्तु र नागाबाँबाहरुलाई विदाई गर्दा १५ लाखुसम्म खर्च भएको प्रारम्भिक जानकारी आएको छ ।
।
व्यवस्थापनकै कुरा गर्दा अघिल्ला वर्षहरुमा पशुपति परिसरमा विभिन्न व्यपारका लागि साना व्यवसायीहरुलाई व्यापारसमेत यो पटक गर्न दिइएको थिएन । योसँगै बनकालीमा धुलो उडेर समस्या भएको भक्तजनहरुले बताएका छन् । विगतमा शिवरात्री सकिएपछि एक हप्तालाई पसल राख्न दिने चलन दियो । यो पटक भने यी सबै बन्द गरिएको थियो । व्यापार व्यवासयका लागि कुनै पनि पसल राख्न दिएको थिएन । योसँगै शिवरात्रिका दिन मात्रै ३० लाखले दर्शन गरेको अनुमान छ । तर २ लाखले मात्रै दर्शन गरेको कोषको दाबी छ ।
कोषले लुकायो आम्दानी विवरण
महाशिवरात्रिको दिनमा लाखौंको संख्यामा पशुपतिनाथको दर्शन गर्ने भक्तजनहरुको भिड लाग्ने गर्छ । यसमा सामान्य पूजादेखि हजारौं रकम तिरेर विभिन्न प्रकारका विशेष पूजा गर्ने भक्तजनहरुको पनि उतिकै भिड हुने गर्छ । विशेष पूजाबाटै विगतका वर्षहरुमा ४५ लाखसम्म आम्दानी भएको रेकर्ड छ । अघिल्ला वर्षमा विशेष पुजाका लागि २१ सय देखि ३१ सय, ५१ सय हुँदै ११ लाख सम्मको रकम तिरेर पुँजा गरिन्थ्यो । तर यो पटक भने विशेष पुँजाका लागि सबैभन्दा सस्तो भनेकै १५ हजार थियो । १५ हजारबाट ५०, ७५ हजार हुँदै लाखौंसम्मको विशेष पूजा राखिएको थियो । पत्रकार सम्मेलनमा खर्च विवरण सार्वजनिक गर्दै गर्दा यो विषय नै कोषले लुकाएको छ । विशेष पूजा कति जनाले गरे भन्ने समेत कोषले लुकाएको छ । कोषका सदस्य सचिव राजु कुमार खत्रीका अनुसार यस वर्ष विशेष पूजा ४८० जनाले गरेका थिए । त्यसमा पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा विशेष पूजा को सामान्य शूल्क नै अध्याधिक राखिएको थियो ।
१५ हजारबाट शुरु हुने उक्त पूजा लाखौंसम्मको शूल्कको व्यवस्था गरिएको थियो । सामान्यतया ४८० जनाको १५ हजारकै दरले हिसाब गर्दा पनि ७२ लाख रकम विशेष पूजाबाट मात्रै आउछ । योसँगै शिवरात्रिको दिनमा मात्रै लाखौंको संख्याले दर्शन गरेको सचिव खत्रीको भनाई छ । सामान्य भेटी– दानबाट उठेको रकमकोसमेत अहिलेसम्म कुनै हर–हिसाब सार्वजनिक गरिएको छैन । योसँगै कोषद्वारा शिवरात्रिमा गरिने व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु बनाइएका छन् । यद्यपी उक्त समिति नाममा मात्रै सिमीत छन् । व्यवस्थापनमा कुनै पनि सुधार आएको नदेखिएको त्यहाँ उपस्थित भक्तजनहरुको भनाई छ । अघिल्ला वर्षमा जनसहभागीता, धार्मीक सहभागीता गराएर सुझाब लिने गरिएको थियो । तर यो पटक यो पनि नगरिएको स्रोतले बतायो ।
कोषका सदस्य सचिव भन्छन्– हामीले बजेट मात्रै छुट्याएका हौं ?
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले भने अझै खर्च र आम्दानीको सम्पूर्ण विवरण नआएको बताएका छन् । उनले भने, “अरु उपसमितिबाटको खर्चको विवरण आउँदै छ । मापदण्ड अनुसार नै खर्च भएको वातावरण सरसफाइको मिटिङ गर्दा खाजाको सबै विवरण आउन बाँकी छ । बजेट १ करोड ५० लाख विनियोजन गरिएको हो । तर त्यसबाट खर्चको विवरण आउन बाँकी छ । विशेष पूजा मा ४ सय ८० जनाको उपस्थिति रह्यो । अरु बाँकी विवरण भने आउनै बाँकी छ ।”
यो वर्षको शिवारात्रिको दिनमा मात्रै ६ लाखले दर्शन गरेको र मेलामा १५ देखि १७ लाखको उपस्थिति रहेको खत्रीको भनाई छ ।