सोरु गाउँपालिकाका अध्यक्ष भन्छन् : मुगु जिल्लाकै ‘नमुना’ पालिका बनाएका छौं

मुगु जिल्ला

- ईश्वर विश्वकर्मा  

मुगु। कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने सोरु गाउँपालिकालाई विकासको हिसाबले नमुना गाउँपालिकाको बनाएका छन् । यस गाउँपालिकाकोे मुख्य उत्पादनको रुपमा स्याउ, आलु, मकै, फापर, कोदो, सिमी, मास, रहेका छन भने उच्च भु–भागमा अति मुल्यवान र महत्वपुर्ण जडिबुटी सिलाजित, चिराइतो, कटुको, मजिटो आदी पाइन्छ ।

भौगोलिक रुपमा बिकट र दुर्गम भएपनि सोरू गाउँपालिकाको व्यावसायिक, वातावरणीय, धार्मीक, ऐतिहासिक, पर्यटकिय लगायतका बिभिन्न बहु आयमिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ । स्थानिय क्षेत्री, ठकुरी, ब्रामण, दलित, योगी जात जातिहरुको मुख्य बाहुल्यता रहेको यस गाउँपालिकाको कुल जनसंख्या १४,२७७ छ ।

२०२८ सालमा जन्मीएका धर्मबहादुर शाही ०४७ सालदेखि निरन्तर राजनीतिमा छन् । जनताको सेवानै धर्म हो भन्ने शाही, पालिकाको अध्यक्षमा निर्वाचित पछि धर्मकै जस्तो काम गरिरहेका छन् ।
एमालेको जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्ष जिल्लाको अध्यक्ष समेत भएका शाही पछिल्लो राजनीति परिवर्तनले एकीकृत समाजवादी एमालेको केन्द्रीय सदस्य भई सोरु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनै ५२ वर्षे धर्मबहादुर शाहीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गरेको टेलिफोन संवाद :

अध्यक्षमा निर्वाचित भएपछि गर्नु भएको पहिलो काम ?
जनताको पसिनामो मुल्यलाई सम्मान गर्दै कामदारको रकम सिधै कामदारकै खातामा जाने व्यवस्था मिलाएको छु । किनकी उपभोक्ता मार्फत जाने चलन थियो त्यसकारण पनि मैले पसिना र मेहनतको मुल्यलाई मुल्याङकन गर्दै यसो गरेको हुँ ।

गाउँपालिकाको विकासलाई कसरी बुझनु हुन्छ ?
सोरु गाउँपालिकाका सबै वडा कार्यालयसम्म सडक सञ्जाल जोड्ने । वडाका भवन बनाउने । स्वास्थ्य चौकीका भवन निमार्ण गर्ने । यस पालिकामा माध्यामीक विद्यालय आठ वटा र निम्न माध्यामीक विद्यालय ६ वटा गरिजम्मा १४ बटा विद्यालय छन् । सबै विद्यालयमा इन्टरनेटको व्यवस्थापन मिलाउने काम नै हुन् त्यो मैले गरेको छु । प्रिन्ट, फोटोकपीदेखि सबै सुविधा सम्पन्न बनाएर गुणस्तरीय शिक्षामा लागिपरेको छु । सडक सुधारका योजना अगाडी बढेको छ । कर्णाली जल परियोजना मार्फत, एक घर एक धाराको व्यवस्था मिलाएको छु ।
खानेपानी, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य लगायत विजुली बत्ति बाल्नको लागि प्रयासरत लागिपरेर छु । किनकी केही वडामा अझै विजुली बत्ती पुगेको छैन् । तर आगामी वर्षभित्र सबै वडामा बिजुली पु¥याउने लक्ष लिएको छु । राष्ट्रिय प्रशारण लाइनको विद्युतीय पोल वडा कार्यलयसम्म आई सकेको छ । त्यसकारण विकास निर्माणको अभियानमा सबै वडामा बिजुली बत्ती बाल्ने योजना छ ।

स्वास्थ्य, शिक्षा लगाएत आधारभूत विषयमा त्यहाँका जनताको जिवनस्तर चाही कस्तो छ नी ?
शिक्षा, स्वास्थ्यमा सोचे जस्तो सुधार ल्याउन सकिएको छैन । स्वास्थ्य संस्थाको कुरा गर्दा पालिकामा १४ बटा स्वास्थ्य संस्था छन् । सामान्य औषधि उपचारमात्र गरिन्छ । सुविधा सम्पन्न बनाउन लागिपरेको छु । जिवनस्तर नै बदल्ने गरि स्वास्थ्यमा सुधार गर्न चाही सकेको छुइन । कोशिसमा जुसटेका छौं । शिक्षाको हकमा भन्ने हो भने पहिलो प्राथमिकतामा राखेर, पाँच वर्षभित्र वालवालीका र स्थानीयले भनेजस्तो बनाउने योजनामै लागिपरेको छु ।

कृषिमा सुधारको योजना कस्तो छ ?
कृषिमा माटोको परिक्षण गरेर नगदेबाली र स्याउको खेतिलाई योग्य बनाउने काम भएको छ । जहा जस्तो किसिमको उब्जनी हुन्छ, त्यही किसिमको खेतिबाली लगाएका छौं । रैथाने बालीको कुरा गर्दा स्याउ, आलु, मकै, फापर, कोदो, सिमी, मास उत्पादन भएका छन् । तैपनि राम्रो किसिमको उत्पादनको लागि औजारको आवस्यकता पर्छ र हामीले माटोको परिक्षण गरेर उत्पादन हुने खाले फलफूल लगाउने गरेका छौं । कुनै माटोमा किबी हुन्छ, कही स्याउ हामीले कृषिलाई उत्पादन मुखी बनाएर आत्मानिर्भर बन्नुपर्छ भनेर अघि बढेका छौं । पालिकामा संघिय सरकारको बजेट र हाम्रो बजेट मिलाएर कृषकले उत्पादन गरेको फलफूल तरकारीहरुलाई वडा कार्यालयले पालिकासम्म ल्याउने र पालिकाले धान्न सकेन भने सदरमुकामसम्म लानको लागि कृषि एम्बुलेन्सलाई निशुल्क व्यवस्था गर्ने भनेका छौं ।
भेडा र बाख्रा पालनका लागि गोठालालाई पाल, र्याङकोट, जुता, कपडा र सोलार दिएर भएपनि भेडापालनबाट कृषक, वा जनतालाई आत्मानिर्भर बनाउन खोजेका छौं ।

स्थानिय तहले विकासको नाममा जथाभावी डोजर स्काभेटर लगाएर पर्यावरण ध्वस्त बनाइएको भनेर माहालेखा परिक्षकको पटक पटकको प्रतिवेदनमा सार्वजनिक भएको पाईन्छ । त्यहाँको अवस्था चाही कस्तो छ नी ?
सडकको नाममा वालिनाली नस्ट गरेर हामीले विनास गर्ने काम भएको छैन् । हामीसँग एउटा सडक छ, गमगढीदेखि दोमुखासम्मको सडक । त्यस सडकसँग वडा नं. ८,९,१० र ११ को भू–भाग पर्छ त्यो एउटै बाटो हो त्यसले सबै वडामा जोडिएको छ । तारापानी स्थानबाट बेलिब्रिज बनाएर वडा नं. ६,७ हुँदै सोरु गाउँपालिकाहुँदै हुम्ला कर्णाली कोरीडोरसम्म जोड्ने र वडा नं. १,२ र ३ लाईपनि जोड्ने भनेका छौं । सोरुमा निश्चित माप दण्ड भन्दा बाहीर गएर कुनैपनि विकासका नाममा विनास भएको मेरो पालिकामा पाइदैन् ।

उपभोक्ता समितिको आडमा आफ्ना मान्छे राख्ने र निर्माण तथा ठेक्काको कामहरु आफै गर्ने भनेर महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ के यो सत्य हो ?
त्यस्तो अवस्था छैन हाम्रो पालिकामा गत वर्ष ११ वटा टेन्डर गरेका थियौ । इन्टरनेटको सुविधा नभएको कारण हाड कपीमार्फत टेन्डर गरेका थियौ । यसै मार्फत काम भएको छ । आज भोलि फेरि हामीले इ–बिडिङ मार्फत काम गरेका छौं । उपभोक्त समितिको कुरा गर्दा हामीले समितिमा बस्न बोलाउनु पर्ने अवस्था भएको छ । किनकी हामीले कामदारको पारिश्रमीक सिधै खातामा पठाउने भएकोले होला । आफ्ना आसेपासेलाई ठेकेदार बनाएर काम दिने चलनलाई पनि मैले अनत्य गरेको छु ।

स्थानीय तहमा आर्थिक अनुशासन उलंघनका घटना धेरै हुने गरेका छन् भनिन्छ । सुशासन कायम गर्न कस्ता कार्ययोजना बनाउनु भएको छ ।
सुशासनको कुरागर्दा हामीले सिस्टम, विधि प्रकृया र नियमले भुक्तानी हुनसक्ने भन्दा बाहेकका भुक्तानीलाई बन्दगरेका छौं । यस्ता भुक्तानी लिनआउने लाई वा प्रक्रिया नपुगेका भुक्तानी दिदैनौ पनि । सोरु गाउँपालिका एक ‘मोडेल’ गाउँपालिका भएकोले विचार पु¥याएरै काम गरेका छौं । मोडेल भनेको सुशासनलाई मजबुज बनाएर भएको छ । अर्को कुरो हामीसँग लिजा भन्ने हुन्छ सो मुल्याङकनमा गर्ने विधि छ । त्यसलाई कायम राख्नको लागि पनि हामी अगाडी बढेका छौं । नेपाल सरकारले आफ्नो मूल्याङकन आफै गर्ने भनेको कारणले पनि हामी कहाँ सुशासन कायम भएको पाउन सक्नु हुन्छ । किनभने यहाका जनता र म लागि परेका छौं । मेरो पालिकाका कर्मचारी र उपाध्यक्षको पनि उत्तिकै भूमिका भएकोले मोडेल बनाउन सकिएको हो । त्यसकारण पनि सोरुलाई मोडेल गाउँपालिका भनिएको हो ।

स्थानिय तहको परिकल्पना अनुसार जनताले सेवासुविधा पाएका छन् त ?
जनताले सेवा पाउने कुरामा म आफै लागि परेको छु । सुर्खेत र संघीय सरकारले बोलाएको समय बाहेक म सधैनै पालिकामा उपस्थित भएर सेवा दिई रहेको हुन्छु । किनकी म बसिसकेपछि उपाध्यक्षपनि रहनु हुन्छ । र कर्मचारीले पनि सहज महसुस गर्ने भएकोले जनताले चाहेको जस्तो सुविधा पाएका छन् । सेवा पाउने कुरामा कमी भएको छैन् ।
यो पाँच वर्षे कार्यकाल भनेको जनताका सिपाईको रुपमा बुझेका छौं । त्यही अनुरुपले काम गरिरहेका छौं । जनताका सेवकका रुपमा काम गरिरहेका हौ र बुझाईपनि त्यही हो ।

बेरोजगार युवालाई रोजगार दिन कस्तो कार्य योजना ल्याउनु भएको छ ?
बेरोजगार यो देशभरिकै समस्या हो । सोरु गाउँपालिकामा बेरोजगार नहुने त कुरै भएन । तर आफुले काम गरेको आधारमा व्यक्तिगत खातामा पालिकाले रकम पठाउने भएकोले केही रोजगारीको महसुस गरेको पाईन्छ । हाम्रो अर्को योजना युवालाई सडकमा जोडेर रोजगार बनाउने भनेका छौं । विषेशगरि ठोस योजनाका साथ युवाका लागि रोजगार ल्याएका छैनौ तर बेरोजगारलाई रोजगार चाही बनाएका छौं । तैपनि हामीले रोजगार बनाउन योजनाबद्ध रुपमा अघि बढेका छौं । जस्तै हामीकहाँ कपासको उद्योग छ, यहाँ १५,२० जनाले रोजगार पाएका छन् । अरु स्थानीयले आफैले कपास उत्पादन गरेर आय आर्जनमा बृद्धि गरेको पाउन सकिन्छ ।

अन्तमा, तपाईंको यो पाँचवर्षे नेतृत्वले गाउँपालिकालाई कस्तो बनाउने छ ?
मेरो नेतृत्वमा सबै वडामा सडक सञ्जाल जोडिएका हुने छन् । विद्यालयको सेवा सुविधा सम्पन्न हुने छन् । स्वास्थ्य चौकीको कुरो उपकरण र जनशक्ती सहितको सेवा पाउने छन् । एक घर एक धाराको अवधारण पुरा हुने छ । सडक स्तरोन्ती नभएकै कारण सोरु गाउँपालिकाबाट सदमुकाम जान एक हजार भाडा तिर्नु पर्छ । यसको दररेट घटाउने भनेका छौं । भरसक वडाबाटै पुग्ने व्यवस्था मिलाउने छु । भएन भनेपनि गाउँपालिकासम्म पुग्ने व्यवस्था मिलाउने छु । एउटा गाडी हालेर जनताले महसुस गर्ने गरि न्यून भाडादरमा सेवा दिने छौं । मेरो कार्यकालमा यि सबैका भएका हुने छन् । पाँच वर्षे कार्यकालमा सोरु गाउँपालिकामा रिङरोडको अवधारण पनि हुने छ । म निर्वाचित भयएता कर्णाली कोरीडोरमा १,२ मा बैशाख महिना भित्रै बेलिब्रीज उद्घाटन गर्ने योजना राखेका छौं । वडा नं. ५ मा बेलिब्रीज जोड्न टेन्डर दिने सुरुवात भएको छ । कृषिमा आत्मानिर्भर भएको बनाउन चाहेका छौं । शिक्षामा १० वर्षे गुरुयोजना बनाएका छौं । स्थानीय पाठ्य पुस्तको व्यवस्था गर्दै छौं । कक्षा १ देखि लागूहुने स्थानीय पाठ्य पुस्तको पढाई मेरो कार्यकालमा भएको हुने छ । हाम्रै पालिकाबाट रेडियो सञ्चालन गर्ने भनेका छौं । ‘रेडियो सोरु’ भनेर सञ्चालन गर्ने लक्ष छ ।
सोरु गाउँपालिकालाई ‘मोडेल’ पालिका बनाएको हुनाले, एनजीओ र आईएनजीओ आउने क्रम जारी छ र आएका पनि छन् । जस्तै युएसएआईडी, कर्णाली जल परियोजना, युनाईटेड नेसन टु नेपाल, व्याक्टु लाईभ, आईएमएफ मुगु लगाएत सबै संघ संस्थाहरु यहाँ जोडिएको पाईन्छ । हाम्रो कार्यकालमा सारु गाउँपालिका झन् सम्मुनत मोडेलको देख्न र सुन्न सकिने छ ।

सोरु गाउँपालिकाको अध्यक्ष धर्मबहादुर शाहीसँग दियोपोस्टका ईश्वर विश्वकर्माले गरेको टेलिफोन संवाद :