अपहरणमा परेको भनिएकी प्रदेश सांसद देवकी मल्ल यसअघि विप्लव समुहकै नेता !

अपहरणमा परेको भनिएकी प्रदेश सांसद देवकी मल्ल यसअघि विप्लव समुहकै नेता !

काठमाडौं, २४ फागुन । अपहरणमा परेर प्रहरीको सम्पर्कमा आएकी भनिएकी सुदर पश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल यसअघि विप्लव नेतृत्वको नेकपाकै सदस्य रहेको पाइएको छ ।
उनको भाई सुरेश मल्ल विप्लव नेतृत्वको नेकपाकै सुदुर पश्चिम प्रदेशको नेतृत्वमा रहेको पनि खुलाशा भएको छ । स्रोतका अनुसार उनी प्रहरी सम्पर्कमा आई सकेकी छिन् । प्रहरीले उनको मुखबाट केही कुरा नआएसम्म वास्तविकता थाहा नहुने बताएको छ ।
बझाङको प्रदेश ख बाट निर्वाचित सांसद मल्ल प्रदेश सभा निर्वाचन अघि पार्टी प्रवेश गरेको बताईन्छ ।
सांसद मल्लले यसअघि आफ्ना पति मिन बहादुर थापालाई पिए राखेको भन्दै विवादमा आएकी थिइन् ।
सांसद मल्लकी पिता समेत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता रहेको बताइएको छ ।

० Comments




Trending News