कोरोना त्रास : आजदेखि नेपालसहित १३ देशका नागरिकलाई कतार यात्रामा प्रतिबन्ध !

दियो पोस्ट  

काठमाडौं, २६ फागुन । आजदेखि नेपाल सहित १३ देशका नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउने निर्णय कतारले गरेको छ ।


विश्व भर तिब्रगतिमा फैलिरहेको कोरोना (कोभिड १९) भाइरसका कारण कतारले यस्तो निर्णय गरेको हो । आफ्ना नागरिकमाथि भाइरस नफैलियोस् भनेर नेपाल, भारत, बंगलादेश, चाइना, इजिप्ट, इरान, इराक, लेब्नान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका सिरिया र थाइल्याण्डका नागरिकलाई कतार आउन प्रतिबन्ध लगाइएको हो ।


कतारले यी देशहरुबाट भ्रमणदेखि विभिन्न बहानामा आउने नागरिकलाई प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धसँगै नेपालबाट लाखौं युवाहरुको यात्रा समेत प्रभावित हुने भएको छ ।