काठमाडौँ, फागुन २९ । कोरोनाको कहर विश्वभरि फैलिरहँदा राजधानी काठमाडौँमा पनि ६ जनामा कोरोना आशंका गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीमा ६ जनालाई कोरोना भएको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसयको संक्रमण भएको आशंकामा ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट बँच्नका लागि विभिन्न ८ देशका नागरिकलाई नेपाल आउन प्रतिवन्ध लगाइएको समेत प्रवक्ता देवकोटाले बताएका छन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।