विप्लव समुहले अपहरण गरेको बालिका २२ घण्टापछि उद्धार, १३ कार्यकर्ता पक्राउ

दियो पोस्ट  

काठमाडौं, फागुन २९ । सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी बालिकालाई अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १३ कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार समुहमा आएका विप्लव कार्यकर्ताले बालिकालाई आफ्नो समूहमा आबद्ध गराउन हतियार देखाएर अपहरण गरेका थिए । बुधबार साँझ ५ बजे अपहरणमा परेकी बालिकालाई बिहीबार दिउँसो ३ बजे २२ घण्टापछि प्रहरीले उद्धार गरेको हो ।

अपहरण गर्ने उक्त समुहलाई बिहीबार दिउँसो उदयपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका १३ जनाबाट तीन वटा पेस्तोल, नौ वटा सकेट बम तथा ६ वटा प्रेसर कुकर बम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । ।

सिफारिस