प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगिन् पत्नी राधिका शाक्य

दियो पोस्ट  

२९ फागुन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको ९ दिनपछि पत्नी राधिका शाक्यलाई भेट्न दिइएको छ ।

यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई पहिलो भिजिटरका रुपमा भेटेपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

दोस्रो भिजिटरका रुपमा पत्नी राधिका शाक्यले बिहीबार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले बाहिर चर्चा भएजस्तो प्रधानमन्त्रीलाई कुनै संक्रमण नभएको चिकित्सकलाई उद्धृत गर्दै बताए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नवौं दिन स्वास्थ्य स्थिति सामान्य रहेको र नियमित परीक्षणहरुलाई निरन्तरता दिइएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए ।