काठमाडौं । फागुनमा १९ मा त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण पश्चात आज डिस्चार्ज हुने भएका छन् ।
प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।