एजेन्सी, चैत २ । इटालियन क्लव युभेन्टस तथा पोर्चुगलका स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले आफ्नो स्वामित्वमा रहेको होटललाई अस्पतालको रुपमा परिणत गर्न लागेका छन् । रोनाल्डोले पोर्चुगलमा रहेको पेस्टाना सिआर सेभेन होटललाई अस्पतालको रुपमा रुपान्तरण गर्ने प्रकृया अगाडी बढाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
आफ्नो देशमा समेत कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि भाइरसबाट संक्रमितहरुको उपचारका लागि रोनाल्डोले होटललाई अस्पतालमा रुपान्तरण गर्न लागेका हुन् । रोनाल्डोले केही दिनभित्र नै हस्पिटललाई अस्पताल बनाइसक्ने बताएका छन् ।
अस्पतालमा आउने बिरामीहरुको उपचार निशुल्क हुने समेत एजेन्सीहरुले बताएका छन् । त्यस्तै उपचारमा खटिने चिकित्सकहरुलाई समेत रोनाल्डो आफैले पारिश्रमिक दिने बताइएको छ ।
केही दिनअघि युभेन्टसकै डिफेन्डर रुगानीमाथि कोरोना पोजेटिभ रोनाल्डोमा समेत कोरोना हुन सक्ने आशंका गरिएको थियो । तर, परिक्षणको क्रममा उनमा कोरोनाको संक्रमण नभएको भेटिएको थियो ।
फुटबलमा निकै प्रसिद्ध खेलाडीको रुपमा परिचित रोनाल्डो समाजसेवीको रुपमा समेत चिनिन्छन् ।