
काठमाडौँ, चैत २ । पूर्व मिस नेपाल उषा खड्गीले वैवाहिक जीवन टुंग्याएको घोषणा गरेकी छिन् । उनले सामाजिक संजाल र अन्तरवार्तामार्फत उनले जिपी तिमल्सिनासँगको १७ बर्षे वैवाहिक जीवन समाप्त गरेको सार्वजनिक गरेकी हुन् ।
उषाले श्रीमान् जिपि तिमल्सिनाले शारीरिक र मानसिक दुव्र्यवहार गरेको आरोप समेत लगाएकी छिन् । ‘विवाह भएको १७ बर्षपछि पनि शारिरिक र मानसिक दुव्र्यबहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको आधार छैन’ शनिबार उनले फेसबुकमा लेखेकी छिन् ।
जिपि तिमल्सिनासँग प्रेम बिबाह गरेकी उषाले अब उनिसँग सम्बन्धमा बस्न नसक्ने बताएकी हुन् ।
बैवाहिक सम्बन्ध टुंगाएकी उषाले अब आफु र आफ्नो सन्तानको अधिकारका लड्ने बताएकी छिन् ।
तस्वीरः उषा खड्गीको फेसबुकबाट