स्पेनी प्रधानमन्त्रीकी पत्नी बेगोना गोमेजलाई कोरोनाभाइरस भएको पुष्टि

स्पेनी प्रधानमन्त्रीकी पत्नी बेगोना गोमेजलाई कोरोनाभाइरस भएको पुष्टि

एजेन्सी, चैत २ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आइतबार बिहान स्पेनी प्रधानकार्यलयले प्रधानमन्त्री पत्नी गोमेजलाई कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्पेनेको सरकारले जनतालाई निकै सतर्कता रहन आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा हालसम्म १ सय ९३ जनाको मृत्यु भइसकेको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

यसैगरी सरकारले आफ्ना नागरिकहरूलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालिन कामको अवस्थामा बाहेक घरै बस्न भनेको छ।

उसले खाना लगायतका वस्तुको विक्री गर्ने बाहेकका बार, रेष्टुरेन्ट तथा पसलहरू बन्द गर्न निर्देशन दिएको छ। यसका अलावा सिनेमा हल, स्विमिङ पुल, थिएटर तथा फुटबल रंगशाला जस्ता मनोरञ्जन स्थलहरू बन्द गर्ने निर्णय पनि गरेको छ।

यसैगरी सोमबारबाट लागु हुने गरी उसले आन्तरिक एयरलाइन्स,रेल तथा डुङ्गा संचालकहरूलाई आफ्नो सेवा आधाले कटौती गर्न भनेको छ।

Trending News