काठमाडौँ, चैत्र २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ७ बर्षअघि झापड हान्ने बागलुङका पदम कुँवर पुनः पक्राउ परेका छन् । उनलाई बानेश्वरस्थित संघिय संसद भवन भित्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुमतीबिना संघिय संसदभित्र प्रवेश गरेको कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ
नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।
सामान्य सोधपुछपश्चात उनलाई छोड्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।