काठमाडौँ, चैत ३ । गत फागुन १५ गते कञ्चनपुरमा भण्डारी दम्पत्तीको निर्मम हत्यामा उनकै छोराको संलग्नता भेटिएको छ । शुक्लाफाँटा नगरपालिका–११ का ५२ बर्षीय जयबहादुर भण्डारी र उनकी श्रीमती २२ बर्षियाा धना भण्डारीको हत्यामा उनकै २६ बर्षीय छोरा भरतबहादुर भण्डारीको संलग्नता पाइएको हो ।
फागुन १५ गते बाबु र सौतेनी आमाको निर्मम हत्या गरि फरार भएका भरतलाई आइतबार पक्राउ गरि सोमबार सार्वजनिक गरको हो । डडेलधुरामा बस्दै आएका उनले अंश विवादको कारण आफ्नै बाबु र सौतेनी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनि गत फागुन १४ गते लाइसेन्स बनाउन महेन्द्रनगर आएका तर ट्रायल फेल भएपछि झलारीस्थित बाबु बस्दै आएको घरमा पुगेका थिए । अंशवण्डा र सौतेनी आमाको विषयमा सामान्य विवाद भएपछि बाबु जयबहादुर आफ्नो कोठामा गएका थिए । सौतेनी आमा भान्सामा व्यस्त भएको मौका छोपी सिलौटोमा रहेको लोरोले हानेर हत्या गरेका थिए ।
सोही रात नै बाबु जयबहादुरको पनि लोहोरो ले नै हानेर हत्या गरेको प्रहरीले जनाएको छ । दुबैजनाको हत्या गरेर उनि डडेलधुरा पुगेका थिए । उनलाई आइतबार डडेल्धुराको अमरगढी नगरपालिका–२ जुगेनाबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
फोटोः नेपालखबर