काठमाडौँ, चैत्र ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अर्का पिएचडी होल्डर नेता थपिएका छन् । पार्टीका स्थायी समिति सदस्य भीम रावलले विद्यावारिधिको उपाधी हाँसिल गर्दै आफ्नो नामको अगाडी डाक्टर थप गरेक छन् ।
उनले नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भायोलेन्स एण्ड द माओइस्ट इन्सरजेन्सी इन नेपाल ) विषयमा विद्यावारिधी हाँसिल गरेका हुन् । रावलले प्रस्तुत गरेको उक्त विषयको शोध प्रवन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायाको रिसर्च कमिटीले सोमबार स्वीकार गरेको हो ।
यसअघि नेकपाकै स्थायी समिति सदस्य बेदुराम भुषालले पिएचडी उपाधी हाँसिल गरेका थिए ।