१० बर्षे शसस्त्र द्वन्द्वमा धादिङ्गबाट ४९ जना वेपत्ता (नामसहित)

दियो पोस्ट  

धादिङ्ग, चैत ४ । १० बर्षको शसस्त्र द्वन्द्वको क्रममा धादिङ्ग जिल्लाबाट ४९ जनालाई बेपत्ता भएको सार्वजनिक भएको छ । मंगलबार बेपत्ता पारिउका व्यक्तिको छानविन आयोगले सार्वजनिक गरको सुचिअनुसार द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट धादिङ्ग जिल्लाका ४९ जना वेपत्ता पारिएको पाइएको छ ।

सुचिमा धादिङको मुरलीभञ्ज्याङ्ग, जीवनपुर, कल्लेर, मार्पाक, छत्रेदेउराली, केवलपुर, नौविसे, थाक्रे, नलाङ्ग, धुवाकोट, चैनपुर, सेमजोङ्ग, आगिञ्चोक, बसेरी, सुनौलाबजार, सिम्ले, वैरेनी, बेनिघाट, नौविसे, जोगिमारा लगायत विभिन्न स्थानका ४९ जना वेपत्ताको नाम समावेश भएका छन् ।

आयोगले शसस्त्र द्वन्द्वका क्रममा नेपालभरिबाट बेपत्ता पारिएका २५ सय ६ जना व्यक्तिको नाम र ठेगाना सार्वजनिक गरेको छ । आयोगले राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै उजुरी परेपछि सो सुची सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सुचीमा सबैभन्दा धेरै बर्दियाका रहेका छन् । बर्दियाबाट तात्कालिन शसस्त्र द्वन्द्वमा २ सय ४५ जना वेपत्ता भएको सुचीमा उल्लेख छ ।

वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ ।

यस्तो छ वेपत्ताको सुची