कोरोनाको त्रासः शुक्रबारदेखि अस्ट्रेलिया प्रवेशमा रोक

दियो पोस्ट  

सिड्नी, चैत ६ । अस्ट्रेलियाको सरकारले शुक्रबारदेखि अन्य मुलुकका मानिसहरुलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरक तथा स्थायी बासिन्दा बाहेक कुनैपनि देशका मानिसहरु अस्ट्रेलिया प्रवेश गर्न नपाउने घोषणा गरेका हुन् ।

अस्ट्रेलियाले कोरोनाभाइरसबाट देशलाई सुरक्षित राख्नका लागि यो निर्णय गरेको हो । कोरोना संक्रमितमध्य ८० प्रतिशत विदेशबाट आएकाहरु रहेकोले त्यहाँको सरकाले अन्य देशका मानिसहरुलाई प्रवेश रोक लगाएको हो ।

विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइएको छ ।