प्रचण्डसँगको अतिजरुरी बाहेक अन्य भेटघाट बन्द

दियो पोस्ट  

काठमाडौँ, चैत ६ । नेपाल कम्युिनस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुसँग अति जरुरी बाहेक अन्य भेटघाट बन्द गरेका छन् । कोरोनाको सन्त्रास बढ्दै जाँदा अध्यक्ष प्रचण्डले अतिजरुरी बाहेक सामन्य भेटघाट बन्द गरेका हुन् ।

प्रचण्डकी छोरी समेत रहेकी स्वकिय सचिव गंगा दाहालले बिहीबार यसबारेमा जानकारी दिएकी हुन् । उनले सामाजिक संजालमार्फत अतिजरुरी बाहेक अन्य भेटघाट बन्द गरेको बताएकी हुन् । ‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्धारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरएको छ’ उनले लेखेकी छिन् ।

पछिल्लो समय सरकारले कोरोनाको त्रास फैलिएको कारणले सतर्कता अपनाउन आग्रह गरेको हो ।