त्रिभुवन विश्वविद्यालयको सबै परिक्षा स्थगित

दियो पोस्ट  

काठमाडौँ, चैत्र ६ । त्रिभुवन विश्वविद्यालयको सम्पुर्ण पठनपाठन र परिक्षा स्थगित भएको छ । सरकारले एकैस्थानमा २५ भन्दा धेरै मानिसहरुको भेला हुन प्रतिवन्ध लगाएपछि त्रिविले बिहीबार एक सुचना जारि गर्दै त्रिभुवन विश्वविद्यालयको सम्पुर्ण पठनपाठन र परिक्षा स्थगित गरेको जानकारी दिएको हो ।

सुचनाको अनुसार शुत्रबारदेखि त्रिविका सम्पुर्ण पठनपाठन बन्द हुनेछन् । त्रिविले यसअघि सार्वजनिक गरेको परिक्षासमेत स्थगित भएको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

सिफारिस