भारतमा कोरोना आशंका गरिएका बिरामीले अस्पतालमै गरे आत्महत्या

दियोपोस्ट संवाददाता

भारत, चैत ६ । भारतको नयाँ दिल्लीमा कोरोनाभाइरसको आशंकामा अस्पताल राखिएको एक बिरामीले आत्महत्या गरेका छन् । दिल्लीस्थित सफदरजंग अस्पतालमा परिक्षणका लागि राखिएको ब्यक्तिले सोही अस्पतालको सातौँ तलाबाट हामफालेर आत्महत्या गरेका हु्न् ।

प्रहरीले उनको परिचय नखुलाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार मृतकको नमुनाहरु कोरोना परिक्षणका लागि पठाइएको भएपनि हालसम्म रिपोर्ट नआइसकेको जनाएको छ ।

दक्षिण पुर्व दिल्लीका डिएसपी देबेन्द्र आर्यका अनुसार मृतक पंजावको भगतसिंह नगर जिल्लाका रहेको र एक बर्षदेखि सिड्नीमा बस्दै आएका थिए । दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा एयर इण्डियाको उडानपछि टाउको दुखेको गुनासो गरेको थिए । त्यसपछि उनलाई बुधबार राति ९ बजे सफदरगंज अस्पताल पुर्याइ भर्ना गरिएको थियो ।

उनको परिवारले उनलाई एयरपोर्टमा भेटे र उनी उनीहरूसँग अस्पताल आएका थिए। प्रहरीले उनको मृत्युको बारेमा परिवारलाई जानकारी गराइसकेको जानकारी दिएको छ । पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

सिफारिस