काठमाडौँ, चैत ६ । लोक सेवा आयोगले चैत मसान्तसम्मका लागि लिखित परिक्षा स्थगित गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले चैत ८ गते देखि मसान्तसम्मको लिखित परिक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।
आयोगले एक सुचना जारि गर्दै अर्को सुचना जारि नभएसम्मका लागि निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परिक्षाका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।