काठमाडौँ, चैत ९ । बहराईनमा तीन जना नेपालीमा कारोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । संक्रमितहरुको परिचय भने खुलाइएको छैन ।
कोरोना संक्रमणको पुष्टि भएपछि तीनै जनालाई क्वारेन्टाइनमा राखिएको बहराइनस्थित नेपाली राजदुतावासले जनाएको छ । बहराइनमा ३५ हजार भन्दा बढी युवाहरु कार्यरत छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार बहराईनमा हालसम्म कुल ३ सय १० जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्य एक जनाको मृत्यु भइसकेको छ भने १ सय २५ जना निको भएर घर फर्किसकेका छन् ।