काठमाडौंका घरबेटीलाई राष्ट्रिय युवा संघको आग्रह : केही महिनाको घर भाडा छूट दिनुस् !

दियो पोस्ट  

काठमाडौं, ९ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कारण नेपाल पनि प्रभावित छ । हालसम्म परिक्षण भएका मध्य कसैलाई पनि कोरोना भाइरस कोभिड १९ नदेखिएपनि देश पुरै प्रभावित छ । मानिसहरुलाई खाद्यान्न जुटाउन समेत धौधौ बन्न थालेको छ ।


यसैबीच केही मनकारी घर बहालमा बस्नेसँग घर बहाल नलिने घोषणा गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंका घरबेटीसँग केही महिनाको भाडा छूटको माग गरेको छ ।


सार्वजनिक रुपमा सुचना जारी गर्दै युवा संगठनले भाडा छूटको माग गरेको हो ।