कञ्चनपुर ‘लक डाउन’, अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन निर्देशन !

दियो पोस्ट  

काठमाडौँ। चैत ९ । जिल्ला प्रशासन कार्यलय कञ्चनपुरले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि जिल्लावासीहरुलाई घरबाहिर निस्कन प्रतिवन्ध लगाएको छ । आइतबार सुचना जारि गर्दै कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले आजै राति १२ बजेदेखि लागु हुनेगरि उक्त प्रतिवन्ध लगाइएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यलयले जारि गरेको निर्देशन अटेर गरेको भेटिएमा प्रहरीले कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यलय कञ्चनपुरले कोरोनाभाइरसको खतरा कम गर्नका लागि आइतबार ९ वुँदा समेटिएको निर्देशन पत्र नै जारि गरेको छ ।

उक्त सुचनामा आगामी चैत ११ गतेदेखि अर्को सुचना जारि नभएसम्म गड्डाचौकी नाका बन्द गरि पैदलयात्रुलाई समेत आवतजावत गर्न रोक लगाइने जानकारी दिइएको छ । प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि आग्रह गरेको छ ।

त्यस्तै सीमानाकामा रहेका सम्पुर्ण मदिरा पसलहरुलाई तत्काल बन्द गराउन समेत प्रशासनले निर्देशन जारि गरेको छ । कोरोना भाइरसको त्रास फैलिरहेको समयमा यदी कसैले भ्रमपुर्ण समाचार फैलाउने काम गरेमा उनिहरुलाई कडा भन्दा कडा कारवाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

TATA ADD